इथियोपिया विमान दुर्घटना : ४५ देशले रोके बोइङ ७३७ म्याक्स ८ जहाजको उडान
गएको आइतबार इथियोपियन एयरलायन्सको जहाज दुर्घटनापछि संसारभरका ४५ देशले बोइङ ७३७ म्याक्स ८ जहाजको उडान रोकेका छन् । बोइङ ७३७ विमान रोक लगाउनेमा २८ देश युरोपका छन् ।
यूरोपको २८ देश सहित चीन, अस्ट्रेलिया, मेक्सिको, ब्राजिल, अर्जेन्टिना, इंडोनेशिया, इथोपिया, दक्षिण अफ्रीका, मलेसिया, सिंगापुर, भियतनाम, ओमान, मोरक्को, मंगोलिया तथा दक्षिण कोरियाले पनि यो विमान उडानमा रोक लगाएका छन् ।
आइतबार आदिसअबाबाबाट केन्याको नैरोवीका लागि उडेको इथियोपियन एयरलायन्सको बोइङ ७३७ म्याक्स ८ जहाज टेकअफ गरेको ६ मिनेटमै दुर्घटनामा परेको थियो ।
इन्डोनेसियाको लायन एयरले सञ्चालन गरेको यही मोडेलको विमान गएको वर्ष अक्टोबरमा उड्नासाथ इन्डोनेसियाको जाभा द्वीपमा खसेको थियो । विमानमा सवार सबै १८९ जना यात्रु र चालक दलका सदस्यहरुको घटनास्थलमै ज्यान गएको थियो ।
पाँच महिनाको अन्तरालामा नै एकै मोडलको जहाज दुर्घटनामा परेपछि सुरक्षाको कारण देखाउँदै विभिन्न वायुसेवा कम्पनीले बोइङ–७३७ म्याक्स ८ विमान उडानमा रोक लगाएका हुन् ।
लायन र इथियोपियन एयरलायन्सका दुर्घटनाग्रस्त दुबै जहाजमा धेरै उचाइ लिँदा समस्या आएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । पछिल्लो दुर्घटना बोइङ कम्पनीका लागि ठूलो क्षति हो । कम्पनीले बोइङ ७३७ म्याक्सलाई पछिल्लो पुस्ताको उत्कृष्ट विमान भन्दै दाबी गरिरहेको थियो । यस सिरिजको जहाज करिब १० हजार उत्पादन भइसकेका छन् ।
March 13, 2019 10:05 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध