चेमजोङको हत्यामा संलग्न प्रकाश पक्राउ
7 years अगाडी
Susma Dhakal
काठमाडौँ । महानगरीय अपराध महाशाखाले नीरमाया चेमजोङको हत्यामा संलग्न एक जनालाई पक्राउ गरेको छ। महाशाखाको टोलीले सुनसरी घर भई नागार्जुन नगरपालिका–५ पाँचधारा हलचोक बस्ने ४५ वर्षीय चेमजोङको हत्यामा संलग्न काठमाडौँका ३७ वर्षीय प्रकाश थापामगरलाई मङ्गलबार साँझ पक्राउ गरेको हो।
महाशाखाका प्रवक्ता एवं प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले थापामगर र चेमजोङबीच विगत दुई÷तीन वर्षदेखि चिनजान हुँदै आएको र एकअर्काको कोठामा आवतजावत गर्दा सोमबार राति एकआपसमा विवाद भएपछि थापामगरले लात्तीले हानेर बेहोस हुँदा मृत्यु भएको अनुसन्धानमा खुलेको बताए।
घटनामा संलग्न थापामगरलाई महाशाखा र महानगरीय प्रहरी वृत्त स्वयम्भुको टोलीले पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको महाशाखाले जनाएको छ।
March 13, 2019 10:33 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
Loading...