

घरमा राख्नुहोस् यी चिज,घरमा लक्ष्मीको बास होस् भन्ने चाहनुहुन्छ ?

तपाई दिन भरी कयौँ काम गर्नुहुन्छ ताकि लक्ष्मी माता खुशि भएर तपाईको घरमा खुशी छाओस् । त्यहि हामी मध्य कोहि त यस्ता पनि छौँ जो जिवन भरि कडा परिश्रम गर्दा पनि रोजी-रोटीको जुगाड गर्न बाहेक अरु कमाउन सकिन्न।तर के तपाईलाई थाहा छ हाम्रो जीवनमा सकरात्मक र नकरात्मक ऊर्जाको कति धेरै प्रभाव पर्छ ? घरमा सकरात्मक र नकरात्मक ऊर्जासँग जोडिएको चिजहरुलाई वास्तुशास्त्र भनिन्छ । तर आधुनिक समयका मानिसहरु वास्तुशास्त्रमा खसै बिश्वास गर्दैनन् । जबकि वास्तुशास्त्रले हाम्रो जीवनको दिशालाई नयाँ दिशामा मोड्न सक्छ। जन्नुहोस् वास्तुशास्त्रका अनुसार घरमा कुन कुन चिजहरु राख्दा तपाईको घरमा लक्ष्मीको बास हुनेछ।
१. घरमा राख्नुहोस् बासुरी : बासुरीलाई बास्तु दोष निर्मुल गर्नमा निकै खास मानिन्छ। यदि आर्थिक समस्याबाट मुक्ति पाउन छ भने घरमा चाँदिको बासुरी राख्न राम्रो हुन्छ। वास्तु शास्त्र अनुसार, सुनको बासुरी घरमा राख्दा घरमा लक्ष्मीको वास बनि रहन्छ । यदि सुन वा चाँदिको बासुरी सम्भव नभए वाँसको बासुरी पनि राख्दा राम्रो हुन्छ ।
२. भगवान गणेशको नृत्य गरेको मुर्ति : भगवान गणेश हर रुपमा मंगलकारी हुन्, तर धन-लक्ष्मीको दुख दुर गर्नको लागि नृत्य गरेको गणेश मुर्ति घरमा राख्नाले निकै शुभ मानिन्छ। भगवान गणेशको यस्तो मुर्ति घरको मुख्य द्वारमा राख्दा राम्रो हुन्छ । यदि मुर्ति छैन भने तस्बिर पनि राख्न सकिन्छ।
३. घरको मन्दिरमा राख्नुहोस् लक्ष्मी र कुबेरको मुर्ति या तस्बिर : देवी लक्ष्मीको तस्वीर वा मूर्ति त लगभग सबैको घरमा हुन्छ, तर धन-धान्य पाउनको लागि देवी लक्ष्मीको साथै भगवान कुबेरको मूर्ति वा तस्वीर राख्न जरुरी हुन्छ । स्थाई धन लाभको लागि घरमा देवी लक्ष्मी र भगवान कुबेर दुबैको पुजा गर्नु पर्छ । भगवान कुबेर उत्तर दिशाका स्वामी मानिन्छ, त्यसैले उनलाई सँधै उत्तर दिशामा राख्नु पर्छ।
४. घरको मन्दिरमा शंख राख्न शुभ हुन्छ : वास्तुका अनुसार, शंखमा वास्तु दोष हटाउने अद्भुत शक्ति हुन्छ, जुन घरमा शंख राखिएको हुन्छ त्यहाँ जुन कुरा पनि राम्रो हुन्छ । शास्त्रका अनुसार, जुनको पूजा स्थलमा देवी लक्ष्मीको साथ शंखको स्थापना पनि गरिएको छ र पुज गरिन्छ भने त्यहाँ स्वयम लक्ष्मी माताको वास हुन्छ । यस्तो घरमा कहिले पनि धनको परिशानी हुँदै।
५. एकाक्षी नरिवल : नरिवललाई श्रीफल भनिएको छ र यसलाई देवी लक्ष्मीको स्वरूप मानिन्छ । श्रीफलहरु मध्य एकाक्षी नरिवल निकै नै शुभ हुन्छ । जुन घरमा एकाक्षी नरिवल राखिएको हुन्छ र नियमित पुजा गरिन्छ, त्यहा संकट कहिले पनि नआउने मान्यता छ, न त कहिले धन-धान्यको कमी हुन्छ।
June 27, 2018 1:14 pm | टिप्स/जानकारी
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित

जेन जी’ प्रदर्शन : १९ जनाको ज्यान गयो, झन्डै साढे ३ सय जनाकाे उपचार चल्दै

कुवेतस्थित नेपाली दूतावासमा नयाँ द्वितीय सचिवको कार्यभार प्रारम्भ

आज अन्तर्राष्ट्रिय परोपकार दिवस

प्रेस विज्ञप्ती (महेश पक्ष)एनआरएनए कुवेतद्वारा तथ्यहीन समाचारको खण्डन

३० गतेदेखि १ सय ११ ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण

नेपालकी लोकप्रिय लोकदोहोरी गायिका प्रीति आले, भोलि बिहान १०:३० बजे कुवेत आउदै।

स्वास्थ्य बीमा समयमा नवीकरण नगरे चार गुणासम्म थप शुल्क लगाउने सरकारको चेतावनी

