तामिलनाडु : यौन उत्पीडनको भिडियो बनाउने यो समूह
भारतीय सोसल मिडियामा एउटा भिडियो तीब्र रुपमा फैलिरहेको छ । उक्त भिडियोमा एक युवती रोइ कराई गरिरहेकी छिन् । उनी आफ्ना ‘प्रेमी’ र उनका साथीसँग यौन उत्पीडन नगर्न आग्रह गरिरहेकी छिन् ।
यो घटना दक्षिण भारतको तामिलनाडुको कोयंबतुर जिल्लाको हो । यस घटनामा संलग्न रहेका चार अभियुक्तको नाम सार्वजनिक भएको छ – वसन्त कुमार, सबरीश, सतिश र तिरुनावकरसु । तिरुनावकरसुलाई मुख्य अभियुक्तका रुपमा हेरिएको छ । यी चारै अभियुक्तलाई पुलिसले पक्राउ पनि गरिसकेको छ ।
यी चारैजना पोल्लाची शहरमा बस्दै आएका छन् । उनीहरुविरुद्ध सामाजिक सञ्जालमार्फत युवतीसँग साथी बन्ने र उनीहरुलाई सुनसान ठाउँमा लगेर यौन उत्पीडनको भिडियो बनाउने गरेको र भिडियो सार्वजनिक गर्ने धम्की दिएर ब्ल्याकमेल गर्ने गरेको आरोप लागेको छ ।
पीडितको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि उनका भाइले पोल्लाची पुलिस चौकीमा उजुरी दिएका थिए । घटनाका बारेमा पीडितका भाइले उजुरी दिएपछि पीडितका भाइलाई केही मानिसहरुले हमला गरेका थिए । हमला गर्नेमध्ये वसन्त कुमार, सेन्तिल र नागराजलाई पनि पुलिसले पक्राउ गरेको छ ।
पुलिसले दिएको जानकारी अनुसार उनीहरुले अभियुक्तबाट चारओटा मोबाइल फोन जफत गरेका छन् जसमा चार महिलाको यौन उत्पीडनको भिडियो भेटिएको छ । तिरुनावकरसु आफ्नो महिला साथीकै कारण कयौँ पटक पुलिसबाट बचेका छन् । पुलिसले ती महिलाको पहिचान भने खुलाएको छैन ।
March 15, 2019 11:37 am | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग