ओमनमा एक युवकद्वारा आत्महत्या !
गुल्मीे राताडाँडाका रायमाझी परिवारमा शोकमाथि शोक परेको छ । ईस्मा गाउँपालिका वडा नम्वर–२ रातडाँडाका ३३ वर्षीय नीरबहादुर रायमाझी (निराजन ) ले बाबुको मृत्यु भएको दुई महिना नपुग्दै ओमनमा आत्महत्या गरेका छन् ।
वैदेशिक रोजगारका क्रममा ओमनको राजधानी मस्कटको दारसाईटमा रहेको रेष्टुरेण्टमा कार्यरत रायमाझी आफ्नै कोठामा झुण्डिएर आत्महत्या गरेको उनका काका राजु रायमाझीले जानकारी दिए । रातडाँडा बेसी घर बनाएर बसे पनि उनीहरुको पुर्खेयौली घर मुसिकोट नगरपालिका–३ पेंगा हो ।
वडाका वडाध्यक्ष कर्णध्वज जिसीले दुई महिना अघि मात्र उनका बाबु देवबहादुर रायमाझीको हृदयघातबाट मृत्यु भएको र यस अन्तरालमा छोराले पनि आत्महत्या गरेपछि रायमाझी परिवार मात्र नभई सिंगो पेगा गाउँ र रातडाँडावासी शोकाकुल भएको बताए । वडाध्यक्ष जिसीका अनुसार मृतकका दुई छोरा, श्रीमती आमा तीन दाजुभाई र दिदी बहिनीहरु रहेका छन ।
मृतकको शव ओमनस्थित एक अस्पतालमा रहेको र नेपाली दुतावासले छिट्टै उक्त शव नेपाल पठाउने तयारी गरिरहेको ओमन स्थित एनआरएनका सचिव डिबी क्षेत्रीले जानकारी दिए । नीरबहादुर गत आठ वर्षदेखि ओमनमा कार्यरत थिए । आत्महत्याको कारण खुल्न सकेको छैन ।
March 15, 2019 12:14 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध