अष्ट्रेलियाका हजारौ विद्यार्थीद्वारा विद्यालय बाहिर प्रदर्शन
क्यानबेरा, अष्ट्रेलिया, चैत : अष्ट्रेलियाका हजारौ विद्यार्थीहरुले शुक्रबार विद्यालय बाहिर प्रदर्शन गरेका छन् ।जलबायु परिवर्तनसम्वन्धी समस्या न्यूनिकरणका लागि तत्काल केही काम गर्न माग गर्दै उनीहरुले प्रदर्शन गरेको जनाइएको छ ।देशभरी झण्डै ५० ठाउँमा विद्यार्थीहरुले बृहत ¥याली निकालेर वातावरण संरक्षणको पक्षमा प्रदर्शन गरेको अधिकारीहरुले जनाएका छन् ।
जलवायु प्रदुषणको विषयमा ध्यानाकर्षण गराउदै विद्यार्थीहरुले प्रदर्शन गरेको सन् २०१८ नोभेम्बर पछिको यो दोस्रो पटक भएको अष्ट्रेलियन ब्रोडकास्टीङ कर्पोरेसन (एबीसी)ले जनाएको छ ।अष्टे«लियाका शिक्षामन्त्री डान तेहानले एबीसीसँग भन्नुभयो, “बढ्दो समस्याका बारेमा विद्यार्थीहरुले पढाई नै छाडेर प्रदर्शन गरेका छन् ।”
उनीहरुको प्रदर्शन वातावरण सम्वन्धी भएको बताउदै उहाँले यस्ता काममा विद्यालयका बालबालिका प्रयोग हुनुपर्नु दुःखद भएको टिप्पणी गर्नुभयो ।प्रदर्शनकारी विद्यार्थीहरूले स्थानीय कोइलाखानीबाट वातावरणमा असर पारेको बारेमा विषेश ध्यानाकर्षण गराएका थिए ।
March 16, 2019 10:44 am | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग