नक्सा पास गर्न अनिवार्य रुपमा शौचालय बनाउनुपर्ने
मोरङको बेलवारी नगरपालिकाले शौचालय नभएको घरको नक्सा पास नगर्ने भएको छ ।नयाँ घर बनाउँदा सुरुमै शौचालयसहितको नक्सा बनाउनुपर्ने नियम नगरपालिकाले नगरपरिष्दबाटै पास गरेको छ ।
घरमा शौचालय बनाएपछि मात्रै घरको नक्सा पास गर्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद दाहालले बताउनुभयो ।बेलबारी नगरपालिकालाई गत आइतबार खुल्ला दिशामुक्त नगरपालिका घोषित गरिएको थियो । १२ हजार ८९२ घरधुरीमा शौचालय निर्माण भएपछि खुल्ला दिशामुक्त नगर घोषणा गरिएको नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले जानकारी दिनुभयो ।
निर्माणाधीन घर तथा भविश्यमा निर्माण हुने घरमा शौचालय निर्माण भएको नपाइए नगरले दिने सेवासुविधासमेत रोक्ने नगरपालिकाले जनाएको छ ।शौचालय निर्माणसँगै हरित नगरी बनाउने उद्देश्यकासाथ नगरपालिकाभित्र कालोपत्रे गरिसकिएका सडकको किनारमा अनिवार्य रुपमा विरुवा रोप्नु पर्ने नगरपालिकाले जनाएको छ ।यसैगरी नयाँ बनाएका घरमा समेत नगरपालिकाले दुईवटा विरुवा अनिवार्य रुपमा रोप्नु पर्ने नीति अख्तियार गरेको छ ।
June 27, 2018 1:40 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा नेपाल पत्रकार महासंघको ७१औं स्थापना दिवस सम्पन्न; ‘एआई र पत्रकारिता’ विषयमा विशेष अभिमुखीकरण
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन: