राष्ट्रपति भण्डारीको स्वागतका लागी ओछ्याएको ‘रेड कार्पेट’मा सर्प दौडिएपछी
काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारी आज स्वदेश फर्किएकी छन् ।राष्ट्रपति विद्यादेवी भण्डारी महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय आयोग ९सिएसडब्ल्यू०को ६३औँ अधिवेशनमा भाग लिई आज स्वदेश फर्किएकी हुन् ।
स्वदेश फर्कने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपराष्ट्रपति, प्रधानमन्त्री, उपप्रधानमन्त्री तथा रक्षामन्त्री र परराष्ट्रमन्त्रीले स्वागत गरेका थिए ।
सो अवसरमा मन्त्रिपरिषद्का सदस्य, सांसद, संवैधानिक अङ्गका प्रमुख, विशिष्ट श्रेणीका सरकारी कर्मचारी, सुरक्षा निकायका प्रमुखलगायतको पनि उपस्थिति थियो । गत आइतबार न्यूयोर्क प्रस्थान गरेकी राष्ट्रपति भण्डारीले राष्ट्रसंघका महासचिव लगायतसँग भेटवार्ता गरेकी छन्।
शुक्रबार दिउसो ३ बजे फर्किएकी राष्ट्रपतिको स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी कक्षमा रेड कार्पेट विच्छ्याइएको थियो।उक्त रेड कार्पेटमा राष्ट्रपति भण्डारी हिड्नु अघि नै एउटा ठूलो सर्प कार्पेटमा दौडिएको थियो । उक्त सर्प रेड कार्पेटबाट विमानस्थलतर्फ गएको थियो।
March 16, 2019 1:33 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध