चीनसँग पाँच वटा नाका खोल्ने सहमति
काठमाडौं। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा थप ५ वटा नाका खोल्ने सहमति गरिएको बताएका छन्। परराष्ट्र मन्त्री ज्ञवालीले दार्चुलाको टिंकर र बझाङको उरहीसहित ५ वटा थप नाका खुलाउन प्रधानमन्त्री ओलीको भ्रमणका क्रममा चीन सरकासँग समझदारी गरिएको जानकारी गराएका हुन्।बुधबार परराष्ट्र मन्त्रालयको विनियोजन बजेटमाथि सांसदहरुले उठाएको जिज्ञासाको जवाफ दिने क्रममा उनले चीनको स्वशासित क्षेत्र तिब्बतियन ‘हाई वे’ लाई प्रयोग गर्दै सामान भित्रयाउने उद्देश्यका साथ थप ५ वटा नाका खुलाउने सहमति गरिएको जानकारी दिए।
परराष्ट्रमन्त्री ज्ञवालीले सरकारले चीनसँग जोडिएका नाकालाई बढीभन्दा बढी खुलाउँदै लैजाने नीति लिएको उल्लेख गरे। उनले लिपुलेकसम्बन्धि समस्या कुटनीतिक माध्यामबाट समाधान गर्ने प्रतिवद्धता व्यक्त गरे। परराष्ट्रमन्त्री ज्ञवालीले पुराना कुटनीतिज्ञहरुको अनुभवलाई पुस्तकको रुपमा प्रकाशन गर्न आवश्यक्त व्यवस्था गर्ने योजना अघि सारे। मुलुकको कूटनीतिक क्षेत्रलाई सहज ढंगले अघि बढाउन कूटनीतिकहरुको अनुभवसहितको पुस्तक उपयोगी हुने मन्त्री ज्ञवालीको भनाइ थियो।
June 27, 2018 1:46 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा नेपाल पत्रकार महासंघको ७१औं स्थापना दिवस सम्पन्न; ‘एआई र पत्रकारिता’ विषयमा विशेष अभिमुखीकरण
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन: