Sunday 15th March 2026

हेर्नुहोस्,प्रचण्ड पुत्री रेणुले पत्रकार रवी लामिछानेलाई ‘पागल’ भनेपछि

7 years अगाडी

न्युज २४ टेलिभिजनमा प्रसारित सिधा कुरा जनतासँग नामक कार्यक्रमका प्रस्तोता समेत रहेका पत्रकार रवी लामिछानेले प्रचण्ड बारे दिएको अभिव्यक्तिलाई प्रचण्ड पुत्री रेणु दाहालले पागलपनको संज्ञा दिएकी छन्।भरतपुर महानगरपालिकाकी मेयर रहेकी दाहाल पुत्री रेणुले लामिछानेलाई ‘पागल’ को संज्ञा दिएकी हुन्।

पत्रकार लामिछानेले प्रचण्ड मारिएर केही फरक नपर्ने आशय सहित दिएको अभिव्यक्ति प्रति नेकपाका एक युवा नेताले सामाजिक संजालमा गरेको प्रश्नमा प्रतिक्रिया जनाउँदै ‘पागल’ को संज्ञा दिएकी हुन्।

पूर्व विद्यार्थी नेता हिमाल शर्माले लामिछानेको अभिव्यक्ति प्रति टिप्पणी गर्दै फेसबुकमा,”प्रवृतिलाई हो भन्दै नितान्त व्यक्तिमाथि खनिनुलाई कस्तो प्रवृत्ति भन्छन् ? लामिछाने ज्यू !” लेखेका थिए। सोहि टिप्पणीमा प्रतिक्रिया जनाउँदै रेणुले,”पागलपन भनिन्छ दाइ” भन्दै कमेन्ट गरेकी छन्।

पत्रकार लामिछानेले विवादित र अपचय अभिव्यक्ति दिएको भन्दै नेकपा नेता साथै कार्यकर्ताहरुले सामाजिक संजाल लगायत मार्फत विरोध जनाइरहेका छन्।

लामिछानेले कार्यक्रममा यसो भनेका थिए –

“वाह कमरेड ! जनताका छोरा मरेकोमा पीर परेन तर आफूलाई मार्छु भन्दा बल्ल विप्लव माथि प्रतिबन्ध ?’ जनताको ज्यान असुरक्षित हुँदासम्म मतलव भएन तर आफूलाई मार्ने हो भनेपछि विप्लवमाथि प्रतिबन्ध?”

भुमीगत राजनीतिको भयावहरु रुप फेरी हेर्न सक्ने मुटु आम मानिसमा छैन । हिजोका शासकले आजका तपाईहरु माथि प्रतिबन्ध लगाउँदा, गोली ठोक्नु भन्दा, टाउकाको मुल्य तोक्दा हजारौ मानिस मरे । प्रचण्ड ज्यु, विप्लप देखेर दया लाग्छ नभन्नुस् । सीके राउतलाई वार्तामा ल्याउन सक्नेले विप्लपलाई ल्याउन नसक्ने भन्ने हुँदैन ।

तुलनात्मक रुपमा तपाईलाई मार्छु भन्ने भन्दा देश नै टुक्राउँछु भन्ने चाँही घातक हो । देशका अगाडि तपाई म जस्ता व्तक्ति केही–केही पनि होइनौ । विप्लपलाई प्रचण्डले भनेका छन्, यो २०५२ साल होइन, यो २०७५ साल हो । राजतन्त्र छैन, मधेशी, दलित, जनजाति, लगायतको प्रतिनिधित्व भएको छ ।

          March 17, 2019 1:14 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...