फेसबुकले उठायो अहिलेसम्मकै कठोर कदम, अब यस्तो परिवर्तन
काठमाडौ । अहिले विश्वभरी चर्चामा रहेको सामाजिक सञ्जाल फेसबुकले नयाँ घोषणा गरेको छ । कम्पनीका अनुसार अब फेसबुकमा कुनै पनि अश्लील सामाग्री चर्चामा रहने छैनन् । केही दिन पहिले लामो समय बन्द हुन पुगेको फेसबुकले पछिल्ला वर्षहरुमा सर्वाधिक आलोचना खेप्नु परेको छ ।
यति मात्रै होईन यो वर्ष फेसबुकको आम्दानी पनि गत वर्षको भन्दा कम भएको जनाइएको छ । फेसबुक प्रयोगकर्ताहरुका सुचना अरुलाई बेचेको आरोप लागेपछि फेसबुकमाथि कडाई गरिएको हो । केही दिन पहिले एक लामो ब्लग लेख्दै फेसबुक संस्थापक मार्क जुकरबर्गले अब कम्पनीले प्रयोकर्ताको सुरक्षाको लागि काम गर्ने जनाएका थिए ।
फेसबुकमा पुर्ण रुपमा नग्न सामाग्रीहरु राख्न पहिले देखि नैं मनाई गरिएको छ । यदी त्यसो भएको खण्डमा कम्पनी आफैले यस्ता तस्विर वा भिडियोहरु हटाउँने गर्दछ । पछिल्लो समय छोटो समयमा चर्चामा आउँनको लागि अंग पदर्शन विशेष हतियार बनेको बेला फेसबुकले यस्तो कदम उठाएको छ ।
फेसबुकले भनेको छ , ‘मशीन लर्निंङ टूल’ को प्रयोग उसले आफ्ना सबै सामाजिक सञ्जालमा प्रयोग गर्ने भएको छ । इन्टाग्राममा पनि यो प्रविधिको प्रयोग गरेर अश्लीलता रोक्ने कम्पनीले जानकारी दिएको छ । एजेन्सी
March 17, 2019 2:14 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध