Sunday 15th March 2026

चितवनमा ट्रक खोलामा खस्यो, एकजनाको मृत्यु

7 years अगाडी

चितवन – चितवनमा ट्रक खोलामा खस्दा एक जनाको ज्यान गएको छ । ४ जना घाइते भएका छन् ।

मंगलबार बिहान ७ बजेतिर इच्छाकामना गाउँपालिका वडा नम्बर ५ मा मुग्लिनबाट नारायणगढको लागि छुटेको ना ६ ख १४३ नम्बरको ट्रक ठाडो खोलामा खस्दा एकजनाको ज्यान गएको हो ।

ज्यान गुमाएका पुरुषको पहिचान नभएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । घाइते २ महिला र २ पुरुषको पुरानो मेडिकल कलेजमा उपचार भैरहेको छ ।

          March 19, 2019 11:29 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...