आमाको माया : तरकारी बेचेर पढाएको छोरा जिल्लाकै पहिलो पाइलट !
रोल्पा जिल्ला रोल्पा नगरपालिका–२ थलिवाङका शिव डाँगीे जिल्लाकै पहिलो पाइलट बनेका छन् । बाबू प्रेम बहादुर डाँगी र आमा शोभा डाँगको छोरा शिव सानैदेखि पढाईमा निकै अब्बल थिए । सानो उमेरदेखिनै कडा परिश्रम गरेर पढेका उनको लक्ष्य नै पाइलट बन्ने थियो । रोल्पा जिल्लामा जन्मिएका शिव घरको आर्थिक अवस्था कमजोर हुँदाहुँदै पनि आमा र बाबूले खेती किसानी गरेर भएपनि छोराको इच्छा पुरा गरेका छन् ।
नेपाली सेनाको हवल्दार भएर रिटायर भएका बाबू प्रेम बहादुरले तरकारी खेती गरेर पढाएका छोरा यतिबेला पाइलट बनेर दिनदिनै आकाशमा जहाज उडाउँछन् । आफ्नो लक्ष्यदेखि नडग्मगाएका उनी छिमेकीले कुरा काट्ने खिल्ली उडाउने गर्दा पनि आफ्नो लक्ष्यदेखि बितलित भएनन् । कक्षा १० सम्म रोल्पाबाट आवासिय माध्यमिक तहको पढाइ पुरा गरेका उनी उच्च माविको पढाइ पुरा गर्न राजधानी आएका थिए । त्यसपछि फिलिपिन्सको मनिलामा फास्ट एडिएसन एकेडेमीमा पाइलट कोर्ष शुरु गरे ।
पाइलट बन्ने सपनामा बोकेर फिलिपिन्स पुगेका उनलाई सुरुमा नै कलेजले धोका दियो । पहिलो कलेजमा भर्ना गर्न ३२ लाख खर्च गरिसकेका शिवलाई फेरि दोस्रो कलेजमा भर्ना गर्नुपर्यो । निरन्तर ८ वर्षसम्म पाइलटको कोर्स गरेपछि आफ्नै देशमा काम गर्ने सोच बनाएर नेपाल फर्केका उनी अहिले नेपाल र भारतको आकाशमा दैनिक जासो जहाज उडाउँछन् । नेपाली सेनाबाट रिटायर भएका बाबूको मासिक तलबले घर खर्च चलाउन पुग्दैनथ्यो । विद्यालयमा उत्कृष्ट नतिजा ल्यार सधै प्रथम हुने भएको कारण कक्षा १२ सम्म छात्रवृत्तिमा पढेकोले खर्च कम लागेको शिवकी आमा शोभाले बताइन् ।
छोराको सपना पुरा गर्न रात दिन तरकारी खेतीमा तल्लीन शोभा बिहान बेलुका तरकारी बेचेर महिनामा ४०, ५० हजार कमाउने गर्थिन् । ब्यापारबाट आएको रकम छोराको पढाइ खर्चमा ठिक हुन्थ्यो । शिवले पाइलट बन्ने कुरा गर्दा छिमेकीले खिल्लली उडाउने गरेको आमा शोभोको भनाइ छ । तरकारी बेचेको पैसा र केही जग्गा जमिन बेचेको करिब १ करोड पैसाले जेठो छोरा पाइलट भयो कान्छो छोरा तरकारी बेचेर कमाएको पैसाले काठमाडौँमा इन्जिनियर पढ्दैछ । खेती गरेर नै भएपनि आफ्नो सन्तानको सपना पुरा गर्न सकेकोमा आफुहरु खुसी रहेको शिवका आमाबाबूले बताएका छन् ।
तरकारी खेतीमा आफ्नो सन्ताको सपना देखेका बाबू आमा र छोराको अडिक लक्ष्यको कारण सबै पुरा भएको र हिजो खिसी गरेर उडाउनेहरु नै आज रोल्पाको एक मात्र पाइलट भनेर छोराको प्रसंशा गरेको देख्दा आफुमा खुसीको सिमा नै नरहेको आमाको भनाइ छ । मध्यवर्गिय परिवारका शिव यतिबेला रोल्पाकै उदाहरण बनेका छन् । उनी अहिले बुद्ध एयरको विमान नेपाल र भारतको आकाशमा सधैजसो उडाउने गर्छन् ।
March 19, 2019 1:29 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध