प्रहरीका २ भ्यान एक आपसमा ठोक्किए
बैतडी – इलाका प्रहरी कार्यालय पाटन बैतडीको बा १ झ १२३९ नम्बरको भ्यान र जिल्ला प्रहरी कार्यालय दार्चुलाको ना १ झ ५८५ नम्बरको भ्यान एक आपसमा ठोक्किएका छन् ।
बैतडीबाट पाटनतर्फ गइरहेको इलाका प्रहरी कार्यालय पाटनको भ्यान र दार्चुलाबाट बैतडी सदरमुकाम गइरहेको जिल्ला प्रहरी कार्यालयको भ्यान आपसमा जुधेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक नेत्रमणी गिरीले जानकारी दिनुभयो ।
मंगलबार बेलुका ७ बजेतिर दशरथचन्द राजमार्गको दशरथचन्द नगरपालिका–४ कठपतेमा ठोक्किएका भ्यानहरुमा दार्चुलाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक दिपेन्द्र शाही र इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक गिन्द्र बोगटी सवार हुनुहुन्थ्यो ।
भ्यान एक आपसमा ठोक्किए पनि प्रहरी प्रमुखसहित अन्य प्रहरी सुरक्षित रहेका छन् । सामान्य चोटपटक बाहेक अन्य क्षति नभएको र ठोक्किएका दुबै भ्यानहरुको अघिल्लो भागमा मात्रै क्षति पुगेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
वर्षाका कारण सडक चिप्लो भएकाले दुर्घटना हुन पुगेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाको भ्यान मर्मतका लागि बैतडी सदरमुकामतर्फ गइरहेको र इलाका प्रहरी कार्यालय पाटनको भ्यान जिल्ला अदालतबाट थुनुवाको म्याद थप गरी कार्यालयतर्फ फर्किरहेको बेला दुर्घटनामा परेको थियो ।
March 20, 2019 10:06 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध