काभ्रेमा प्रहरी र विप्लव कार्यकर्ताबीच गोली हानाहान
काभ्रे – काभ्रेको रोशी गाउँपालिका २ खहरेपाँगुको काफलडाँडामा प्रहरी र विप्लव नेतृत्वको नेकपा कार्यकर्ताबीच गोली हानाहान भएको छ । चन्द नेतृत्वको नेकपाका कार्यकर्तालाई पक्राउ गर्न खोज्दा उनीहरुले गाेली चलाएपछि र प्रहरीले पनि जवाफी फायरिङ गरेकाे बुझिएको छ । गोली हानाहान हुँदा के कति क्षति भयो भन्ने जानकारी आएको छैन ।
विप्लव समूहका नेता तथा कार्यकर्ता त्यहाँ छन् भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी अपराध महाशाखा टोली मंगलबार साँझ त्यहाँ पुगेको थियो । जिल्ला प्रहरी कार्यालयलाई समेत थाहा नदिई आएको टोली कार्वाही गरेर फर्किएको जिल्ला प्रहरी कार्यालय स्रोतले जानकारी दिएको छ ।
जिल्ला प्रहरी प्रमुख एसपी रविराज खड्काले घटनाबारे थप जानकारी लिन जिल्ला पहरी कार्यालयको टोली घटनास्थलमा पठाइएको जानकारी दिनुभयो ।
महाशाखाका अनुसार नेकपाको गतिविधिबारे सूचना आएपछि महाशाखाका एसपी सोमेन्द्र राठौर र डीएसपी रुगम कुँवर नेतृत्वको टोली खहरेपाँगु पुगेको थियो ।
देशमा हिंसात्मक गतिविधि बढाएको भन्दै गएको फागुन २८ गते चन्द समूहका गतिविधिमा प्रतिबन्ध लगाउने सरकारले निर्णय गरेको थियो । निर्णयको पालना गर्दै प्रहरी त्यस ठाउँमा पुगेको प्रहरी स्रोतको भनाई छ ।
March 20, 2019 10:46 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध