इजरायली सेनाको कारबाहीमा दुई प्यालेस्टिनीको मृत्यु
नाब्लुस, ६ चैत – इजरायल अधिनस्थ पश्चिम किनारामा इजरायली सेनाले चलाएको गोली लागेर गएराति दुई प्यालेस्टिनीको मृत्यु भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मारिने प्यालेस्टिनीहरुमा २१ वर्षका राइद हमदान र २० वर्षका जाइद नुरी रहेका छन् । उनीहरु प्यालेस्टिनी शहर नाब्लुस नजिकैको धार्मिक स्थल जोसेफ टम्ब आसपास मारिएको बताइएको छ ।
इजरायली सेनाले जारी गरेको एक वक्तव्यमा येहुदी श्रद्धालुहरु जोसेफ टम्ब जानेक्रममा उनीमाथि लक्षित गरी एउटा गाडीबाट विस्फोटक पदार्थले आक्रमण गर्न खोज्दा सेनाले कारबाही गरेको उल्लेख छ । इजरायली पक्षतर्फ कुनै क्षतिको विवरण अद्यापी प्राप्त भएको छैन ।
नाब्लुस शहर इजरायली र प्यालेस्टाइन द्वन्द्वको एक प्रमुख स्थानका रुपमा रहेको छ । येहुदीहरुको विश्वासमा बाइबलमा वर्णित ज्याकोबका १२ औं छोरा जोसेफको जन्मस्थान यही स्थानलाई लिइने गरिन्छ । प्यालेस्टिनी मुस्लिम समुदायले भने इस्लामिक धर्मगुरु शेख युसेर (जोसेफ) ड्वाइकाटको दुई शताब्दीअघि यही स्थानमा दाहसंस्कार गरिएको दाबी गर्दै आएका छन् ।
यो स्थान पश्चिमी किनारामा रहेको प्यालेस्टिनी शरणार्थी शिबिरबाट पनि नजिकमा रहेको छ । पश्चिमी किनारालाई इजरायलले ५० वर्षभन्दा बढी समयदेखि नियन्त्रणमा राखेको छ । इजरायली सेनाले नियमित रुपमा यस धार्मिक तिर्थस्थलमा गस्तीका साथ तिर्थयात्रीलाई भ्रमण गराउने गर्दछ ।
March 20, 2019 12:44 pm | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग