ब्रेक्जिट मुद्दामा बेलायतको संसदमा आज मतदान
लन्डन, चैत १५ । ब्रेक्जिट मुद्दामा बेलायतको संसदमा आज फेरि एक पटक मतदान हुँदैछ । यद्यपि यो मतदान केवल यूरोपेली संघको साथ भएको सम्झौताको हिस्सामा मात्रै हुनेछ ।
बेलायती सांसदहरुले आज आयरलान्डको सीमामा भएको सम्झौता अर्थात्, आइरिस ‘व्याकस्टप’ युरोपेली संघ र बेलायत अलग हुँदा पैसाको लेनदेन अर्थात् ‘सम्बन्ध विच्छेद बिल’ र नागरिकको अधिकार विषयमा मतदान गर्ने छन् ।
युरोपेली संघको साथमा बेलायतको भविष्यको बारेमा भने मतदान गरिने छैन । २९ मार्च २०१७ मा बेलायत सरकारले आर्टिकल ५० लागु गरेको थियो । जसअनुसार ठीक २ बर्षपछि ब्रेक्जिट कार्यान्वयन गर्नुपर्ने हुन्छ ।
यसबीचमा कयौं बेलायती सांसदहरुले युरोपेली संघको साथ भएको सम्झौतामा आफ्नो असन्तुष्टि जनाइसकेका छन् । लेबर पार्टी र डेमोक्रेटिक युनियनिस्ट पार्टीले यो सम्झौताको विरोधमा मतदान गर्ने बताएका छन् ।
प्रधानमन्त्री टेरिजा मेले आफ्ना सांसदहरुलाई मतदानलाई दुई भागमा बाँडेर बुझ्नका लागि अपिल गरेकी छन् ।
उनले पहिलो भागमा बेलायत युरोपेली संघबाट अलग हुँदाको महत्व र आगामी हप्ता हुने मतदानमा त्यसको भविष्यबारे सोच्न आग्रह गरेकी छन् । एजेन्सी
March 29, 2019 11:05 am | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग