डाक्टरको लापरबाही ,दायाँ हात भाचिएको, बायाँ हातमा प्लास्टर
8 years अगाडी
Susma Dhakal
साबिक राम्नाकोट–४ हाल पचालझरना गाउँपालिका वडा नम्बर ५ निवासी ४ वर्षीया दैनाकुमारी बमको बायाँ हात प्लास्टर गरिएको छ। डाक्टरले आकस्मिक कक्षमा लगेर चेकजाँच गर्दा दायाँ हात फ्याक्चर भएको पुष्टि भए पनि लापरबाहीले बायाँ हात प्लास्टर गरिएको छ।
‘हामीले त छोरीको दायाँ हात भाचियो भनेको हुँ’, बिरामीका बुवा धीरबहादुर बमले भने, ‘तर डाक्टरले बायाँ हात प्लास्टर गरिदिनुभयो ।’ डाक्टरले लापरबाही गरेको स्थानीय रत्न शाहीले बताए। बिरामीको एक्सरे गरेको र चेकजाँच गरेको आधिकारिक रिपोर्टमा भने दायाँ हातको विवरण छ।
बालिकाको उपचारमा संलग्न एमडिजिपी डाक्टर विज्ञान प्रजापति हुन्। उनले भने, ‘बिरामीका बुवाले नै बायाँ हात भनेकाले पलास्टर गरेको हुँ। चेकजाँच रिपोर्ट हेर्नेभन्दा पनि बिरामीका आफन्तले भनेको सुनेर काम गरें। तर फेरि बिरामीलाई बोलाएर दायाँ हात पलास्टर गरिसकेको छु।’
June 28, 2018 1:48 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
Loading...