सी जिनपीङलाई चीनको ‘राजा’ भन्दा मख्ख परे : ट्रम्प
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१७ मा चीनको राजकीय भ्रमणका क्रममा बेइजिङमा चिनियाँ राष्ट्रपति सि जिनपीङलाई ‘राजा’ भनेर सम्बोधन गरेको खुलासा गरेका छन् । आफूले राजाभन्दा राष्ट्रपति सीले मनपराएको पनि ट्रम्पले दाबी गरे ।
मंगलबार वासिङटनमा आयोजित नेसनल रिपब्लिकन कंग्रेसनल कमिटीको स्प्रीङ डिनरलाई सम्बोधन गर्दै ट्रम्पले ‘राजा’ भनेर सम्बोधन गर्दा सीले शुरुमा नकारेको तर आफूले त्यसैमा जोड दिएको बताए ।
‘उनले भने – तर, म राजा होइन, राष्ट्रपति हुँ । मैले भने – होइन, तपाईं जीवनभरका लागि राष्ट्रपति हुनुहुन्छ । त्यसैले तपाईं राजा हो,’ ट्रम्पले यसो भनिरहँदा त्यहाँ हाँसोको फोहरा छुटेको थियो ।‘त्यसपछि उनले ‘हँ’ मात्र भने । उनले त्यसलाई मनपराए । उनीसँग सम्बन्ध राम्रो थियो ।’
ट्रम्पले सन् २०१७ को नोभेम्बरमा चीनको भ्रमण गरेका थिए । त्यसको केही महिनाअघि मात्र चीनको नेसनल पपल्स कंग्रेसले राष्ट्रपतिको दुई कार्यकालसम्बन्धि प्रावधानलाई हटाएको थियो ।योसँगै सी आजीवन चीनको राष्ट्रप्रमुख बन्ने बाटो खुला भएको थियो ।चीनले सन् १९१२ मा राजतन्त्रीय शासनलाई हटाएको थियो । क्वीङ वंशका राजा पु यीलाई हटाउँदै चीनमा गणतन्त्र स्थापना गरिएको थियो ।
April 3, 2019 11:44 am | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग