Friday 3rd April 2026

धनुषामा अचानक बिरामी भई ६ जनाको मृत्यु

8 years अगाडी

धनुषा । धनुषामा अचानक बिरामी भएका ६ जनाको मृत्यु भएको छ । अचानक बिरामी भएका कमला नगरपालिका–५ लकड स्थित टेनाटोल बस्ने ४० वर्षीय रामनाथ पासवान, ५० वर्षीय रामचन्द्र पासवान, ३६ वर्षीय मणि पासवान, सोही नगरपालिका–६ मडान बस्ने ४५ वर्षीय साविर अन्सारी, ५२ वर्षीय गंगा पासवान र ३८ वर्षीय राजबिर महतोको बुधबार मृत्यु भएको हो ।

मंगलबार बेलुका मादक पदार्थ सेवन गरी आ–आफ्नो घरमा सुतेका रामनाथ, रामचन्द्र, मणि र साविरको स्थानीय मेडिकलका चिकित्सकले जाँच गर्ने क्रममा मृत्यु भएको थियो भने गंगा र राजबिरको सिराहा मिर्चैयास्थित मंगल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।कमला नगरपालिका–५ बस्ने ४३ बर्षीय जामुन पासवान सहित अन्य ३ जना असक्त भएकोले उपचारको लागि जनकपुर अंचल अस्पतालमा पठाइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुससन्धान गरिरहेको जनएको छ ।

          June 28, 2018 3:12 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...