Friday 3rd April 2026

‘पानीजहाज चढेर कलकत्ताभन्दा पहिला बस चढेर नौबिसे पुग्ने व्यवस्था गर्नुस् प्रमज्यू’

8 years अगाडी

काठमाडौं, १५ असार । पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीलाई कलंकी-नागढुंगा ‍सडकखण्डको जाम खुलाउन आग्रह गरेका छन् ।गृहजिल्ला गोरखा जानेक्रममा भट्टराई शुक्रबार बिहान कलंकी-नौबिसे सडकखण्डमा घन्टौं जाम परेका थिए । उनले जाम स्थलबाटै प्रधानमन्त्री ओलीलाई आग्रह गर्दै लेखेका छन्, ‘पानीजहाज चढेर कलकत्ता पुग्नुभन्दा पहिले बस चढेर नौबिसे पुग्ने व्यवस्था गर्नुपर्‍यो प्रमज्यू ।’

यो सडकखण्डमा वर्षौंदेखि यात्रुहरुले जामका कारण सास्ती व्यहोर्दै आइरहेका छन् । राजधानीलाई जोड्ने महत्वपूर्ण राजमार्गमा वर्षौंदेखि उही समस्या दोहोरिँदा पनि सरकारले ध्यान दिन सकेको छैन । ‘अहिले बिहानैदेखि नागढुंगाबाट नौबिसेसम्म पूरै जाम छ । घण्टौंसम्म यात्रीहरू अलपत्र छन्,’ भट्टराई लेखेका छन्, ‘कमसेकम रामकोटबाट धार्केसम्म वैकल्पिक बाटो बनाउन युद्धस्तरमा काम गर्न किन सकिन्न ? अनि बल्ल पानीजहाज र रेल !’

प्रधानमन्त्री ओलीले विहीबार मदन भण्डारीको जन्मजयन्तीको अवसरमा आयोजित एक कार्यक्रममा पानीजहाज चढ्न निम्ता दिएका थिए । ‘सन् २०१८ मा नभए पनि २०१९ मा होला, पानीजहाज चढ्ने निम्ता छ सरहरुलाई’ प्रधानमन्त्रीले भनेका थिए, ‘त्रिवेणीबाट जान्छ । हेर्दाहेर्दै हनुमाननगरबाट जहाज लाग्छ । पूर्व-पश्चिम रेल चल्छ ।

Baburam Bhattarai

@brb1954  पानीजहाज चढेर कलकत्ता पुग्नुभन्दा पहिले बस चढेर नौबिसे पुग्ने व्यवस्था गर्नुपर्यो प्रमज्यू!अहिले विहानैदेखि नागढुंगाबाट नौबिसेसम्म पूरै जाम छ।घण्टौंसम्म यात्रीहरू अलपत्र छन्।कमसेकम रामकोटबाट धार्केसम्म वैकल्पिक बाटो बनाउन युद्धस्तरमा काम गर्न किन सकिन्न? अनि बल्ल पानीजहाज र रेल!

          June 29, 2018 11:58 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...