छोरी मार्ने अामा घरबाटै पक्राउ
चितवन, असार । चितवनको कालिका नगरपालिका ६ सूर्यपुर सुन्दरवस्तीकी एक युतीलार्इ आफ्नै छोरी मारेको अभियोगमा किरियाघरबाटै पक्राउ गरिएको छ ।गत असार ८ गते मादक पदार्थ सेवन गरी १४ वर्षीया छोरी ममता परियारको हत्या गरेको अभियोगमा ३५ वर्षीया आमा शोभा परियार प्रहरीले पक्राउ गरेको हो ।स्थानीय विद्यालयमा कक्षा ९मा अध्ययनरत ममता स्कुलबाट घरमा आइपुग्दा मादक पदार्थले लठ्ठ आमासँग भनाभन भएको थियो । आमाले छोरीलाई तथानाम बोल्न थालेपछि छोरीले थप्पड हानेकी थिइन् । त्यसको भोलिपल्छ ममताको शव पंखामा झुण्डिएको अवस्थामा प्रहरीले फेला परेको थियो ।
विवादपछि उग्र बनेकी शोभाले ममतालाई थप्पड हानेको रिसमा घाँटी थिचेर मारेको स्थानीयको आरोप छ । तीन सय भन्दा बढीको संख्यामा रहेका स्थानीय महिलाहरुले छोरीको हत्या गर्ने शोभालाई कारवाहीको माग गर्दै किरिया बसेकै घरमा नाराजुलुस गरेका थिए ।प्रहरीले आरोपित शोभालाई पक्राउ गरेपछि इलाका प्रहरी कार्यालय टाँडीमा सयौं स्थानीय महिलाहरु एवम् टोल सुधार समितिलेदोषीलाई कारवाहीका लागि दवाव दिएका थिए ।आरोपित महिलालाई सोधपुछ भइरहेको तथा घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय टाँडीका प्रहरी नायव उपरीक्षक बासुदेव खतिवडाले जानकारी दिएका छन् ।
June 29, 2018 12:26 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना