Friday 3rd April 2026

यो शताब्दीकै लामो चन्द्र ग्रहण साउनमा लाग्ने, यसको गहिरो प्रभाव पृथ्वीमा

8 years अगाडी

२१ औँ शताब्दीकै लामो चन्द्र ग्रहण साउन ११ गते लाग्ने भएका छन्। यो एक महत्वपूर्ण खगोलिय घटना हो। लगातार तीन ग्रहण भएमा खग्रास चन्द्रग्रहणको ज्योतिषीय प्रभाव गहिरो हुने गर्दछ। ज्योतिष अरुणेश कुमार शमाका अनुसार विशेष कर्कट रेखा क्षेत्रमा विनासकारी भूकम्प, सुनामी, चक्रवात, ज्वालामुखी विष्फोट हुने संवभावना निकै उच्च हुन्छ।त्यसबाहेक पृथ्वीको कक्षमा रहेका विभिन्न देशमा हजारौँ सेटेलाइट्स यसको प्रभावमा बिग्रिने सम्भावना रहन्छ। उक्त प्रभावका कारण सञ्चारसम्बन्धी, सुरक्षा तथा अन्य सुविधा प्रभावित हुने सम्भावना हुन्छ।

केही महिना पनि यस्ता घटना भइसकेका छन्। नेपालमा भएको विमान दुर्घटनाबाहेक यस वर्ष लगभग आधा दर्जन विमान दुर्घटना भइसकेका छन्। चीनको स्पेस स्टेशन समेत लडेको छ।सन् २०१७ र २०१८ को बीचमा यस्ता घटना हुने यसअघि नै ज्योतिष शर्माले घोषणा गरेका थिए। वैज्ञानिकले समेत पृथ्वीको गतिमा आएको परिवर्तनले कयौँ भूकम्पका घटना बढ्न सक्ने बताएका छन्। यस्ता घटना यो वर्ष लाग्ने चन्द्र ग्रहको प्रभावका कारण भएको ज्योतिषशास्त्रीको दाबी छ।

जुलाई २७ अर्थात नेपाली समय अनुसार साउन ११ गते लाग्ने उक्त चन्द्र ग्रहण ६ घण्टा १४ मिनेटसम्म रहनेछ। यो ग्रहणलाई २१ औँ शताब्दीकै सबैभन्दा लामो चन्द्र ग्रहण मानिएको छ। जसमा पूर्ण चन्द्र ग्रहको स्थिती १०३ मिनेटसम्म रहनेछ।उक्त ग्रहण नेपाली समय अनुसार राति १२ बजेर १० मिनेटमा सुरु भएर बिहान ४ बजेर ९ मिनेटमा पूर्ण हुनेछ। यसमा पृथ्वीको मध्येक्षेत्रको छाया चन्द्रमामा पर्नेछ। यसको गहिरो प्रभाव पृथ्वीमा पर्ने बताइएकोछ। एजेन्सी

          June 29, 2018 12:49 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...