दुःख गरेर श्रीमतीलाई बनाए सई, बर्दी पाएपछि श्रीमतीले भनिन् ‘मलाई राख्ने तिम्रो औकात छैन’
बिहे गरेर ल्याएकी श्रीमतीलाई पढाएर ठूलो सरकारी जागिर दिलाएका एक श्रीमान संकटमा परेको घटना अहिले चर्चामा छ । ती युवकले आफूले दुःख गरेर श्रीमतीलाई पढाए त्यसपछि उनलाई पुलिस सब इन्स्पेक्टर बनाए । तर, बर्दी पाएपछि श्रीमतीले श्रीमानलाई ‘मलाई राख्ने तिम्रो हैसियत छैन’ भन्न्दै डिभोर्स मागेकी छिन् । दैनिक भास्करको समाचार अनुसार घटना भारतको भोपाल शहरको बैरसियाको हो ।
श्रीमानले पुरोहितको काम गर्ने बताइएको छ । उनले गाउँगाउँमा घुमेर अरुको पुजापाठ गराएर पैसा कमाइ श्रीमतीलाई पढाएका थिए । अब उनकी श्रीमतीले पुलिस सब इन्स्पेक्टरको सरकारी जागिर पाइन् । सरकारी पद र शान पाएपछि अहिले ती श्रीमतीले श्रीमानलाई छाड्न चाहिरहेकी छिन् । उनले आफ्ना श्रीमानको हैसियत अब उनलाई श्रीमती बनाएर राख्ने नरहेको बताएकी छिन् । विवाद अहिले कानुनी प्रक्रियामा छ ।
पीडित श्रीमानका अनुसार बिहेको बेला उनकी पत्नी केही पनि गर्दैनथिन् । उनले पत्नीलाई सक्षम बनाउनको लागि आफूले मेहनत गरेर पत्नीलाई पढाए । उनलाई भोपालमा राखेर कोचिङ कक्षा समेत पढाए । तीन–चार वर्ष पढाएपछि अहिले उनी अफिसर बनिन् । अहिले उनी आफूसँग बस्न चाहन्नन् । सइ बनेकी श्रमितीको अहिले इन्दौर सहरमा पोस्टिङ छ ।
जागिर पाएपछि उनले पतिलाई सम्बन्धविच्छेदको नोटिस पठाएकी छिन् । काउन्सिलिङको क्रममा पत्नीले भनिन् कि पतिको हैसियत छैन कि अब उनले आफूलाई सँगै राख्न सकुन् । पछिल्लो समय यसरी माथिल्लो ओहदामा पुगेका पत्नीले पतिसँग सम्म्बनधविच्छेद गर्ने आवेदन बढिरहेको सरकारी तथ्यांक छ ।
April 16, 2019 1:00 pm | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव