९० वर्षको अतिदुर्लभ प्रजातिको पोथी कछुवाको मृत्यु, कृत्रिम गर्भाधारण प्रयास असफल
चीनमा विश्वका अतिदुर्लभ मानिने नरम खपटा भएको एउटा याङ्त्सी कछुवाको मृत्यु भएको छ। सो पोथी कछुवा मरेपछि अब संसारमा सो प्रजातिका तीनवटा कछुवा मात्र बाँकी छन्।
सो कछुवालाई दक्षिणी चीनस्थित सुजो चिडियाखानामा राखिएको थियो। विज्ञहरूले ९० वर्षको सो कछुवा मर्नुभन्दा केही समयअघि मात्रै पाँचौँ पटक कृत्रिम रूपमा गर्भाधारण गराउने प्रयास गरेका थिए।
अरू कहाँ छन् ?
कछुवाको सो प्रजाति माछा तथा कछुवाको सिकार र वासस्थानको अतिक्रमणबाट प्रभावित हुँदै आएको छ। उक्त प्रजातिको एक वर्षभन्दा बढी उमेर ठानिएको एउटा भाले कछुवा चिनियाँ चिडियाखानामा छ भने बाँकी दुइटा भियतनामको जङ्गलमा छन्।
ती दुइटा कछुवाको लिङ्ग छुट्याउन सकिएको छैन। स्थानीय कर्मचारी र अन्तर्राष्ट्रिय विज्ञहरूले शनिवार अपराह्न उक्त पोथी कछुवाको मृत्यु हुनुभन्दा २४ घण्टाअघि कृत्रिम रूपमा गर्भाधारण गराउने प्रयास गरेका थिए। उनीहरूका अनुसार शल्यक्रियाका कारण उक्त कछुवामा कुनै समस्या देखिएको थिएन र शल्यक्रियापछि उसको स्वास्थ्य अवस्था ठिक नै थियो।
जीवित बाँकी रहेको भाले याङ्त्सी कछुवा
तर शल्यक्रिया गरिएको भोलिपल्ट स्वास्थ्य अवस्था खस्कियो। उक्त पोथी कछुवाको मृत्यु हुनुको कारणबारे अनुसन्धान भइरहेको छ र भविष्यमा अनुसन्धानका लागि त्यसको गर्भाशयको छाला सङ्कलन गरिएको छ। बीबीसी
April 16, 2019 1:23 pm | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग