साउदी अरबमा दुई भारतीयलाई मृत्युदण्ड
काठमाण्डौ – साउदी अरबमा दुई जना भारतीय नागरिकलाई मृत्युदण्ड दिइएको छ । रोजगारीका लागि साउदी पुगेका होसियारपुरका सतविन्दर कुमार र लुधियानाका हरजित सिंहलाई हत्याको आरोपमा मृत्युदण्ड दिइएको हो ।
उनीहरुलाई गएको फेब्रुअरी २८ तारिखका दिन मृत्युदण्ड दिइएको बीबीसीले जनाएको छ । तर उनीहरुका परिवारलाई गएको सोमबार मात्रै खबर दिइएपछि मृत्युदण्ड भएको थाहा भएको हो ।
सन् २०१३ मा गाडी चलाउन साउदी गएका उनीहरुले सन् २०१५ मा आरिफ भन्ने व्यक्तिसँग मिलेर चोरी गरेको र चोरी गरेको पैसा बाँड्ने क्रममा झगडा भएपछि आरिफको हत्या गरेको त्यहाँको प्रहरीले जनाएको छ ।
प्रहरीले उनीहरुलाई सन् २०१५ मा चोरीको आरोपमा पक्राउ गरेको थियो । सजाय पूरा भएर छुट्ने बेलामा हत्या गरेको समेत आशंका भएपछि रियादबाट दमाममा सारिएको थियो । अनुसन्धानका क्रममा आरोप स्वीकार गरेपछि उनीहरुलाई मृत्युदण्ड दिइएको बीबीसीको समाचारमा उल्लेख छ ।
साउदीको कानुनअनुसार मृत्युदण्ड पाएका व्यक्तिको शव उसको परिवार र देशमा पठाउँदैन । यस्तै मृत्युदण्ड दिइएको दुई महिनापछि मृत्यु दर्ता जारी गर्ने साउदीको कानुन छ ।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग