पेरुका पूर्व राष्ट्रपति गर्सियाले आफूमाथि गोली चलाए
7 years अगाडी
Susma Dhakal
पेरुका पूर्व राष्ट्रपति एलन गर्सियाले आफूमाथि नै गोली चलाएका छन् । घुस जाँचको सम्बन्धमा उनको घरमा पुलिस पुगेपछि पूर्व राष्ट्रपति गर्सियाले आफूमाथि नै गोली चलाएका हुन् ।
स्थानीय टीभी च्यानलका अनुसार, ६९ वर्षीय गर्सियालाई तुरुन्त अस्पताल लगिएको थियो, जहाँ सर्जरीपछि उनी कोमामा पुगेका थिए । कोमामा पुगेको केही घण्टामा नै उनको निधन भएको उनका वकिलले बताए ।
गर्सिया आफ्नो प्रभावशाली भाषणका कारण चर्चित छन् । उनी दुई पटक पेरुको राष्ट्रपति भैसकेका छन् । सन् १९८५–९० र २००६–११ मा उनले राष्ट्रपतिको पदभार सम्हालेका थिए ।
ब्राजिलको एक निर्माण कम्पनीसँग जोडिएको सम्बन्धमा पूर्व राष्ट्रपति गर्सिया जाँचको घेरामा थिए । जाँच चलिरहँदा उनलाई देश छोडेर जान प्रतिबन्ध लगाइएको थियो । त्यसपछि उनले उरुग्वेसँग राजनीतिक शरण मागेका थिए तर उनलाई मञ्जुरी दिइएन ।
April 18, 2019 2:03 pm | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
Loading...