पेरुका पूर्व राष्ट्रपति गर्सियाले आफूमाथि गोली चलाए
7 years अगाडी
Susma Dhakal
पेरुका पूर्व राष्ट्रपति एलन गर्सियाले आफूमाथि नै गोली चलाएका छन् । घुस जाँचको सम्बन्धमा उनको घरमा पुलिस पुगेपछि पूर्व राष्ट्रपति गर्सियाले आफूमाथि नै गोली चलाएका हुन् ।
स्थानीय टीभी च्यानलका अनुसार, ६९ वर्षीय गर्सियालाई तुरुन्त अस्पताल लगिएको थियो, जहाँ सर्जरीपछि उनी कोमामा पुगेका थिए । कोमामा पुगेको केही घण्टामा नै उनको निधन भएको उनका वकिलले बताए ।
गर्सिया आफ्नो प्रभावशाली भाषणका कारण चर्चित छन् । उनी दुई पटक पेरुको राष्ट्रपति भैसकेका छन् । सन् १९८५–९० र २००६–११ मा उनले राष्ट्रपतिको पदभार सम्हालेका थिए ।
ब्राजिलको एक निर्माण कम्पनीसँग जोडिएको सम्बन्धमा पूर्व राष्ट्रपति गर्सिया जाँचको घेरामा थिए । जाँच चलिरहँदा उनलाई देश छोडेर जान प्रतिबन्ध लगाइएको थियो । त्यसपछि उनले उरुग्वेसँग राजनीतिक शरण मागेका थिए तर उनलाई मञ्जुरी दिइएन ।
April 18, 2019 2:03 pm | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
Loading...