शक्तिशाली हतियार परिक्षण गरेको उत्तर कोरियाको दाबी,
एजेन्सी। उत्तर कोरियाले शक्तिशाली हतियार परिक्षण गरेको दाबी गरेको छ। उत्तरले छोटो दुरीमा मार हान्नसक्ने शक्तिशाली हतियार ‘ट्याक्टिकल गाइडेड विपन’ परिक्षण गरेको उत्तर कोरियाली समाचार संस्था केसिएनएले बिहिबार जानकारी दिएको हो। उत्तरले गतवर्षको जुन महिनामा अमेरिकासँग भएको पहिलो शिखर बैठकपछि कुनै पनि किसिमको हतियार परिक्षण गरेको थिएन।
त्यसपटक उत्तरले अमेरिकासँग क्षेप्यास्त्र निशस्त्रीकरण गर्ने अनौपचारिक सम्झौता गरेको थियो। यसपटक भने उत्तरले आफूले हतियार परिक्षण गरेको औपचारिक रुपमै दाबी गरेको छ। यस ट्याकिटकल गाइडेड विपन अमेरिकाको लागि खतराको रुपमा पहिले देखि नै हेरिँदै आइएको हतियार हो। क्षेप्यास्त्र निशस्त्रीकरणको अनौपचारिक सम्झौतालाई पूर्णता दिन यसैवर्षको फेब्रुअरीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उन पुनः भेटेका थिए। भियतनामको राजधानी हानोइमा भएको दोस्रो शिखर वार्ता भने सफल हुन सकेन।
सन् २०१८ अगाडि क्षेप्यास्त्र परिक्षण गरिरहँदा उत्तरमाथि अमेरिकासँगै युरोपेल युनियन लगायतका देशले विभिन्न प्रतिबन्ध लगाएको छ। उत्तरले आफूमाथि पूर्ण प्रतिबन्ध फुकुवा हुनुपर्ने माग गरेको थियो। अमेरिकाले आंशिक प्रतिबन्ध फुकुवा गर्ने प्रस्ताव गरेको थियो। यसै विषयमा सहमति हुन नसकेपछि वार्ता असफल भएको थियो। वार्ता असफल भएको दुई महिना नपुग्दै उत्तर कोरियाले सार्वजनिक रुपमै शक्तिशाली हतियार परिक्षण गरेको बताएको हो। विश्लेषकहरुले उत्तरले अमेरिकामाथि वार्ताको दबाब दिन हतियार परिक्षण गरेको बताइरहेका छन्।
उता अमेरिकाले भने उत्तर कोरियाले कुनै हतियार परीक्षण गरेको कुरालाई अस्वीकार गरेको छ । अमेरिकी रक्षा मन्त्रालयले आफ्नो उत्तरी कमाण्डले परीक्षणका लागि प्रहार गरिएको कुनै मिसाइल नदेखेको बताएको छ । मन्त्रालयले प्योङयाङबाट लञ्च गरिएको कुनै पनि मिसाइल आफ्नो उत्तरी कमाण्डले नदेखेको हुँदा यो कुरामा विश्वास गर्न नसकिने जनाएको हो । विशेषज्ञले भने यो कुनै नयाँ विकसित सर्ट रेन्ज गाइडेड मिसाइल वा क्रुज मिसाइल हुन सक्ने अनुमान गरेका छन् ।
April 18, 2019 2:20 pm | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग