फ्रान्समा नेपाली नयाँ वर्ष भव्य रुपमा मनाइयो
पेरिस।। फ्रान्सका १२ वटा नेपाली संघसंस्थाले संयुक्त आयोजनामा अप्रिल १४ तारिखमा पेरिसमा नयाँ वर्षको मनाएका छन्। गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद फ्रान्सका अध्यक्ष एकबहादुर मल्लको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि फ्रान्सका लागि नेपाली राजदूत दिपक अधिकारी थिए।

केही दिन आगाडिमात्र फ्रान्स आएका नवनियुक्त राजदूत अधिकारीलाई फ्रान्सवासी नेपालीले पहिलो पटक एकै साथ भेट्ने अवसर जुटेको थियो। अध्यक्ष मल्ल र राजदूत अधिकारीले संयुक्त रुपमा पानसमा बत्ती बलेपछि नेपाली राष्ट्रिय गानबाट औपचारिक रुपमा कार्यक्रममा सुरुवात गरिएको थियो।

उल्लेख्य रुपमा नेपालीको सहभागिता रहेको कार्यक्रममा केही समय अगाडि फ्रान्समा स्थापना भएको नेपाली कलाकार समाज (इनास)का कलाकारले प्रस्तुति दिएका थिए। आयोजक संस्थाका अध्यक्षले छोटो मन्तव्य राख्दै संयुक्त रुपमा कार्यक्रम गर्न पाएकोमा खुसी व्यक्त गरे।

कार्यक्रम आयोजना गर्ने सस्था एनआरएनए फ्रान्स, नेपाली संस्कृतिक गृह फ्रान्स, एकता समाज फ्रान्स, पकोफेन फ्रान्स, तमु समाज फ्रान्स, मगर समाज फ्रान्स, म्याग्दी समाज फ्रान्स, गोर्खाली समाज फ्रान्स, प्रवासी नेपाली एकता मंच फ्रान्स, जन सम्पर्क समिति फ्रान्स, इनास फ्रान्स र तामांग समाज फ्रान्स रहेका थिए।

कार्यक्रममा नवनियुक्त राजदूत दिपक अधिकारीलाइ सबै संघ संस्थाका अध्यक्ष्रुले खादा ओढाएर स्वागत गरेका थिए। राजदूत अधिकारीले फ्रान्सस्थित नेपाली संघसंस्थासँग हातेमालो गर्दै अगाडि बढ्ने बताउदै बताए।

संस्कृतिक कार्यक्रमकै क्रममा इनास फ्रान्सका बिजेताहरु विजय लामा र वर्षा चुडालले नेपाली गीतमार्फत र पूजा अधिकारीले नृत्य मार्फत दर्शकहरुलाई मनोरञ्जन दिएका थिए भने कार्यक्रमको अन्ततिर लाइभ कन्सर्टमा ‘जोमसमै बजारमा’ लगायतका गीतहरु घन्किँदा हल भरिकै दर्शकहरुलाइ नचाउँदै कार्यक्रम सम्पन्न भएको थियो।
April 18, 2019 3:43 pm | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव