बिस्केट जात्राको अन्तिम दिन भैरवको रथ तान्ने क्रममा ढुङ्गा हानाहान हुँदा ९ जना घाइते
भक्तपुर – भक्तपुरमा मनाइने बिस्केट जात्राको अन्तिम दिन बिहीबार राति भैरवको रथ तान्ने क्रममा ढुङ्गा हानाहान हुँदा ९ जना घाइते भएका छन् ।
घाइते हुनेमा भक्तपुर नगरपालिका १३ का ३८ वर्षीय माइला दुवाल, भक्तपुर नगरपालिका–४ गपलीका २३ वर्षीय रोजेश शिलाकार, भक्तपुर नगरपालिका – १ का २२ वर्षीय अशिष शिलाकार, रौतहट चन्द्रपुर घर भई भक्तपुर चोछे बस्ने १७ वर्षीय उमेश कुमार, काभ्रे मण्डन देउपुर नपा–२ देउपुर घर भई भक्तपुर व्यासी बस्ने २३ वर्षीय विकास तामाङ्ग, भक्तपुर नगरपालिका–६ इताछे बस्ने १८ वर्षीय मनिष कासुला, भक्तपुर नगरपालिका – २ इताछे बस्ने १८ वर्षीय रिमेश शाही घाइते भएका छन् ।
त्यस्तै, रथबाट खसेर भक्तपुर नगरपालिका ५ चोछेका ३० वर्षीय पूण्यराम सितिखु घाइते भएका छन् । रथलाई सुकुलढोका पुर्याएपछि सामान्य ढुङ्गाहानाहान भएको र स्थिति आफैँ नियन्त्रणमा आएको प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए।
केही ढुङ्गाहानाहान, केही रथबाट खसेर र केही रथको डोरी तान्ने क्रममा घाइते भएको उहाँले जानकारी दिए ।
बिहीबार साँझ ५ बजे गःहिटीबाट तान्न सुरु गरिएको रथ घरमा ठोक्किए पछि ढुङ्गा हानाहान भएको हो ।
स्थिति नियन्त्रणमा आएपछि मध्यराति पुन: रथ तान्न सुरु गरिएको थियो । रथलाई टौमढी, गःहिटी हुँदै वंशगोपालसम्म पुर्याइएको थियो । बिहान ४ बजे वंंशगोपाल मै रथलाई छाडेर रथबाट देवतालाई झिकेर भैरव मन्दिर लगिएपछि जात्रा सम्पन्न भएको थियो ।
रथ तान्ने क्रममा घाइते भएकाहरुको भक्तपुर अस्पतालमा उपचार भैरहेको प्रहरी नायव उपरीक्षक पोखरेलले जानकारी दिए ।
April 19, 2019 10:06 am | Uncategorized,समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)