विश्व त्रसित हुने गरि उत्तर कोरियाले अमेरिकालाई दियो यस्तो चेतावनी !
पछिल्लो विश्व राजनीतिलाई लिएर उत्तर कोरिया चिन्तित देखिएको छ । विशेष गरेर अहिले अमेरिकाको वरपर घुम्दै गरेको विश्व राजनीतिलाई उत्तर कोरियाले फेरि चासो देखाएको छ । उत्तर कोरियाले अमेरिकासँग तेस्रो चरणको वार्ताका लागि नयाँ सर्त अगाडी राखेको छ ।
अमेरिका सकारात्मक भएर आएको खण्डमा आफुहरु वार्ताको लागि तयार भएको उत्तर कोरियाली नेता किम जोङ उनले जनाकारी दिएका छन् । उनका अनुसार वासिङ्टन सही तरिकाले प्रस्तुत हुनै पर्छ । उत्तर कोरियाली सञ्चारमाध्यमका अनुसार किमले आफ्नो एक सम्बोधनमा भनेका छन्, ‘म राष्ट्रपति डोनाल्ड ट्रम्पसँग अपिल गर्छु कि उहाँले दुवै पक्षलाई स्वीकार्य हुने गरी प्रस्ताव ल्याउनुहोस् ।’
दुई नेताबीच पहिलोपटक अघिल्लो वर्ष सिंगापुरमा वार्ता भएको थियो । त्यसपछि यसै वर्षको फेब्रुअरीमा अर्को वार्ता भियतनाममा भएको थियो । भियतनामको हनोईमा भएको दोस्रो चरणको शिखर वार्तामा दुवै देश परमाणु निःशस्त्रीकरणको मुद्दामा पछाडि हटेपछि वार्ता बिना निष्कर्ष टुंगिएको थियो ।
उक्त वार्तालगत्तै ट्रम्पले भनेका थिए, ‘उत्तर कोरियाली अधिकारीहरू सोलमाथिको सबै खाले आर्थिक प्रतिबन्ध हटाइएपछि मात्रै आफ्नो मुलुकको प्रमुख पारमाणविक केन्द्र बन्द गरिनेछ । यो माग हामीले स्वीकार गर्न सकेनौँ र वार्ता बिनानिष्कर्ष टुंगियो ।’ त्यसो त उत्तर कोरियाले अमेरिकी राष्ट्रपतिको यो प्रतिक्रियालाई तत्कालै अस्वीकार गरेको थियो ।
पछिल्लो महिना सहायक विदेशमन्त्री चो सुन–हुईले अमेरिकामाथि ‘ग्याङ्गस्टर’ जस्तो भूमिका निर्वाह गरेको आरोप लगाएका थिए । उनले भनेका थिए, ‘अमेरिकाले हनोईमा एउटा सुनौलो अवसर गुमाएको छ ।’अन्तर्राष्ट्रिय समाचार संस्था ‘एएफपी’ का अनुसार उत्तर कोरिया र अमेरिकाबीच तेस्रो चरणको वार्ताको वातावरण बन्दै गएको छ । उत्तर कोरियाली नेता किम वार्ताप्रति सकारात्मक देखिएका छन् ।
April 19, 2019 2:14 pm | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग