भारतीय सर्वोच्च अदालतका प्रधान न्यायाधीशमाथि यौन दुर्व्यवहारको आरोप
भारतको सर्वोच्च अदालतका प्रधानन्यायाधीश रञ्जन गोगोइमाथि उनकै एकजना पूर्व सहयोगी (जुनियर असिस्टेन्ट) ले यौन उत्पीडन गरेको आरोप लगाएकी छन् ।प्रधान न्यायाधीश गगोइले आफूविरूद्ध अदालतका पूर्व कर्मचारीले लगाएको आरोप ‘अविश्वशनीय’ रहेको र यो आफूलाई महत्वपूर्ण मुद्दाको सुनुवाइ गर्न रोक लगाउने दूर्भावनाबाट प्रेरित अभिव्यक्ति मात्र भएको भनी आरोपको खण्डन गरेका छन् ।
पूर्व सहयोगीसमेत रहेकी यौन उत्पीडनको आरोप लगाउने ३५ वर्षीय महिलाले सर्वोच्च अदालतका सबै २२ जना न्यायाधीशलाई गएको शुक्रबार पत्र लेखी आफूलाई गगोइले सरकारी निवासस्थित कार्यालयमा गएको वर्षको अक्टोबरमा दुई पटकसम्म यौन दुर्व्यवहारको प्रयास गरेको बताएकी छिन् ।
गोगोइले आफूमाथि लागेको यौन उत्पीडनको आरोप अस्वीकार गर्दै न्यायपालिकाको स्वतन्त्रता खतरामा रहेको बताएका छन् । उनले यो आरोप न्यायपालिकालाई अस्थिर बनाउनको लागि गरिएको एक षड्यन्त्र भएको बताउँदै यसका पछि ठूलो शक्ति लागेको हुनसक्ने बताउएका छन् । प्रधान न्यायाधीश गगोइले उक्त महिलाको आपराधिक पृष्ठभूमि भएको बताएका छन् । उनले भने “यी महिलालाई सर्वोच्चमा कसरी जागिर मिल्यो ? जबकी उसको विरुद्ध आपराधिक मुद्दा छ । यसको पनि जाँच हुनुपर्छ ।”
महिलाले गोगोइले आफूमाथि यौन उत्पीडन गरेको, उनको प्रस्तावमा सहमत नभएपछि जागिरबाट हटाएको र आफ्नो परिवारलाई विभिन्न तरिकाले प्रताडित गरेको आरोप लगाएकी छिन् । एएफपीले प्राप्त गरेको पत्रमा महिलाले भनेकी छिन्, “उहाँले मेरो कम्मरमा समात्नुभयो, शरिरका सबै अङ्गमा हात लगाउनुुभयो र मलाई उहाँको शरीरतर्फ अँठ्याउनुभयो ।”
प्रधानन्याधीश गोगोइविरुद्ध लागेको यौन उत्पीडनको आरोपमाथि सर्वोच्च अदालतमा शनिबार प्रधानन्यायाधीश रञ्जन गोगोइ, न्यायाधीश अरुण मिश्रा र संजिव खन्ना रहेको विशेष बेन्चमा सुनुवाइ भएको छ ।शनिबारको बेन्चले प्रधानन्यायाधीशमाथिको आरोपको बारेमा अन्य न्यायाधीश सहितको एक विशेष बेञ्चमा सुनुवाइ हुने बताइएको छ ।
April 21, 2019 11:16 am | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग