‘मोदी जेल जान सक्छन्’ : राहुल गान्धी
भारतीय कांग्रेस अध्यक्ष राहुल गान्धीले प्रधानमन्त्री मोदी ‘राफेल डिल’ काण्डमा जेल जान सक्ने बताएका छन्। सञ्चार संस्था हिन्दुस्तान टाइम्ससँग कुरा गर्दै अध्यक्ष गान्धीले यस्तो बताएका हुन् ।
हिन्दुस्तान टाइम्सका संवाददाताले राहुल गान्धीलाई सोधे, ‘प्रधानमन्त्री मोदीले अन्तर्वार्तामा मसँग भन्नुभएको थियो कि राफेल डिलमा मैले सबै कुरा भनिसकेँ । तपाईंहरु उनीहरुसँग (राहुल गान्धी) आरोपको प्रमाण के छ भनेर किन सोध्नुहुन्न ? अब त उच्च अदालतले पनि राफेल डिलको वैधतामा शील गरिसकेको छ । यस सम्बन्धमा तपाईं के भन्नुहुन्छ ?’
पत्रकारको यी प्रश्नको जवाफ दिँदै भने, ‘हिन्दु अखबारले राफेलसम्बन्धी जुन दस्तावेज छापेको छ, त्यसबाट के प्रस्ट हुन्छ भने नरेन्द्र मोदी भारतको नेगोसियशन टिमलाई बाईपास गर्दै राफेलको मूल्यको मोलभाउ सिधै १० औं कम्पनीसँग गरिरहेका थिए । यी कागजातको आधारमा नै नरेन्द्र मोदी जेल जान सक्छन् ।’
के हो राफेल डिल विवाद ?

राफेल डिल विवाद भारतमा लडाकु विमान खरिदको क्रममा उत्पन्न भएको राजनीतिक विवाद हो । भारतको रक्षा मन्त्रालयले फ्रान्सको डसाल्ट राफेलबाट ३६ लडाकु विमान खरिद गरेको थियो, जसको अनुमानित मूल्य ५८ हजार करोड भारतीय रुपैयाँ हुनसक्छ ।
विपक्षी पार्टी कांग्रेसले युनाइटेड प्रोगेसिभ एलाइन्स सरकारको दौरान एक राफेल जेट विमानको मूल्य ६ सय करोड भारतीय रुपैयाँ तय गरेको थियो । मोदी सरकारले भने एक राफेलको झण्डै १६ सय करोड भारतीय रुपैयाँ पर्ने बताएको छ ।
April 21, 2019 2:23 pm | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव