भारतको अरुणाचल प्रदेशमा ६.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प !
भारतको उत्तरपूर्वी राज्य अरुणाचल प्रदेशमा बुधबार बिहान ६.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ ।अमेरिकी जियोलोजिकल सर्भेका अनुसार भूकम्पको केन्द्रविन्दु राजधानी इटानगरभन्दा १८० किलोमिर दक्षिणपश्चिममा रहेको थियो ।स्थानीय समयअनुसार बिहान १ बजेर ४५ मिनेट जाँदा त्यहाँ भूकमप गएको हो ।चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार भूकम्पको धक्का तिब्बतसम्म महसुस भएको थियो ।भूकम्पको क्षतिबारे विवरण प्राप्त भएको छैन । त्यस्तै फिलिपिन्सको प्रमुख टापु लुजोनमा शक्तिशाली भूकम्प गएकाे छ ।
उक्त भूकम्पमा परी कम्तीमा ११ जनाको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएको छ।फिलिपिन्सको भूकम्पमापन केन्द्रका अनुसार स्थानीय समय दिउँसो ५ बजेर ११ मिनेटमा ६.१ म्याग्निट्युडको भूकम्प गएको हो। प्यासाफिक सुनामी सेन्टरले भूकम्प ७.२ रेक्टर स्केलको रहेकाे जनाएकाे छ । भूकम्पबाट भएको जनधनको क्षतिबारे वस्तृत विवरण नआए पनि भत्किएकाले ठूलै क्षति भएको हुनसक्ने अनुमान गरिएको छ ।भूकम्पले एउटा विमानस्थलमा ठूलो क्षति र कम्तीमा दुईवटा भवन ध्वस्त भएकाे जनाइएकाे छ।त्य सको चौबिस घण्टा नबित्दै भिसायास क्षेत्रमा ६.४ म्याग्निट्युडको अर्को भूकम्प गएको छ।
भूकम्पले टक्लोबन शहर, लेते टापु र काटबलोगन शहरमा ठूलो क्षती भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएको छ । त्यहाँ भएका मानवीय क्षतिबारे स्पष्ट नभएको जनाइएको छ ।राजधानी मनिलादेखि उत्तर-पश्चिममा पर्ने पाम्पङ्गा प्रान्तमा पहिलो भूकम्पका कारण एउटा भवन भत्किँदा भग्नावशेषभित्र दर्जनौँ मानिस फसेको हुन सक्ने अधिकारीहरूले बताएका छन्।
April 24, 2019 12:14 pm | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव