Friday 3rd April 2026

ऋषि धमलाकी पत्नी एलिजाको बाईक दुर्घट्ना, ग्रान्डी अस्पतालमा उपचार हुँदै

8 years अगाडी

काठमाडौं । पत्रकार ऋषि धमलाकी पत्नी तथा आगामी साउन २५ गते प्रदर्शनीमा आउन लागेको नेपाली कथानक चलचित्र ‘अनुराग’की नायिका एलिजा गौतम बाईक दुर्घट्नामा परेकी छिन्। काठमाडौंको गैरीधाराबाट लाजिम्पाट जानेक्रममा भएको अपरान्ह ४ बजे बा ९२ प ९०७२ नम्बरको बाईक दुर्घटनामा परि घाईते भएकी गौतमलाई उपचारका लागि धापासीस्थित् ग्राण्डी ईन्टरनेश्नल हस्पिटलमा लगिएको आफन्तले जानकारी दिएका छन्।

सुजन आचार्यले चलाएको उक्तबाईकमा नायिका गौतम पनि सवार थिईन्। आचार्यले पोष्ट गरेको फेसबुकमा भनिएको छ,‘ठूलो दुर्घटनाबाट बाँच्न सफल भयौं हामी (म र एलिजा दि) लाजिम्पाट घर जाने क्रममा दुर्घटना भयो, बाईक मैले चलाएको थिएँ।

बाटो काट्न लागेको गाईलाई जोगाउन खोज्दा बाईकको ब्रेकले काम गरेन र बाईक ईस्पिडमा थियो, इस्पिड कन्ट्रोल गर्न सकिन र दुर्घटना हुनपुग्यो दिदीको अवस्था गम्भिर छ र मैले हस्पिटल लिएर आएको छु, धन्नबाँच्न सफल भयौं । नयाँ जिन्दगी पायौं आज।’ उनले लेखेका छन्।

 

          June 30, 2018 12:22 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...