भावकु हुदै धुर्मुसले लेखे सुन्तलीको जन्मदिनमा यस्तो शब्द !
धुर्मुस र सुन्तलीलाई नचिने सायद नै कम होला, उनिको चर्चा नेपाल मा मात्र नभएर विदेशमा पनि उतिकै छ । लोकप्रिय कलाकार सिताराम सिताराम कट्टेल ( धुर्मुस ) र कुन्जना घिमिरे (सुन्तली ) अहिले समाजसेवामा सक्रिय छन् ।सीताराम कट्टेल कठिन बाटोमा हिँड्ने साहस गरे सुन्दर गन्तव्यलाई छुन सकिने उदाहरण बनेका छन् । सुनौलो गन्तव्यको सोचमा उनी कठिन यात्राको घोषणा गर्दै त्यसलाई पार लगाउन सक्षम पनि छन् । सीताराम कट्टेल सोलुखुम्बुको नेचा, बेदगारीमा ३३ वर्ष अघि जन्मिएका हुन् । बोगराज कट्टेल र कमला कट्टेलको कोखबाट जेठा सन्तानका रुपमा जन्मिएका सीताराम ‘धुर्मुस’ नामले परिचित छन् । उनी ८ वर्षको छँदा उनको परिवार सोलुखुम्बुबाट बसाइ सराई गरेर झापा झरेको थियो ।
झापाको गौरादहबाट उनले माध्यमिक तहको पढाइ पूरा गरेका थिए । निम्न आय भएको परिवारमा जन्मिएका उनी बाल्यकालदेखी आर्थिक अभाब झेले । कापी, कलम किन्न उनी अर्काको हलो जोत्ने, अरुको स्केच बनाउने गर्थे । १७ सय रुपैंयाँ खल्तिमा बोकेर राजधानी आएर रत्नराज्य लक्ष्मी कलेजमा अध्ययन गर्न उनलाई कठिन थियो । साथीहरुलाई जोक्स सुनाएर, अरुको क्यारिकेचर गरेर उनले थुप्रै छाक टारे । तर गतिलो अबसर पाएनन् । काठमाडौदेखी हार मानेका उनी फेरी झापा फर्किए । फेरी चुनौती स्वीकार्न उनी काठमाडौं नै फर्किए । औपचारिक रुपमा जितु नेपालले हास्य कलाकारितामा उनलाई प्रबेश गराए । ‘गितान्जली’ टेलि चलचित्र अभिनय गर्दा गर्दै केदार घिमिरे ‘माग्ने बुढा’ संग उनको भेट भयो । सीताराम र ‘माग्ने बुढा’ यि दुइ जनाको जोडी खुब जम्यो । ‘गितान्जली’ टेलि फिल्ममा अभिनय गर्दागर्दै उनको भेट कलाकार दिपकराज गिरीसंग भयो । दिपकराजको तीतो सत्य मा उनले १४ भागसम्म अभिनय गरे । पछि माग्ने बुढासंग मिलेर सीतारामले मेरी बास्सै हास्य टेलिशृंखला बनाए । त्यही बेला उनको चर्चा बढ्न थाल्यो । अब सीताराम भन्दा धुर्मुसका नामले बढी परिचित भए ।
ललितपुरमा जन्मिएकी कुन्जना घिमिरेले हास्य टेलि श्रृंखला मेरी बास्सै मा अभिनय गर्दा सीतारामलाई भेटेकी थिईन् । यसै टेलि श्रृंखलामा अभिनय गर्दागर्दै दुबै जना प्रेममा परे । सीतारामले प्रेम प्रस्ताब राखेको तीन वर्ष मात्र कुन्जनाले प्रस्ताब स्वीकारेकी थिइन् । लामो समयसम्म प्रेम सम्बन्धमा परेपछी उनीहरु ८ वर्षअघि उनीहरु बिबाह बन्धनमा बाँधिएका थिए । उनीहरुको कोखबाट एक छोरी जन्मिएकी छिन् । यो स्थान सम्म आईपुग्न दुबै जनाले एक अर्काको भरपुर साथ छ । भूकम्प प्रभाबितहरुका लागी बस्ति निमार्ण बाहेक यो जोडी बिभिन्न सामाजिक सेवाका क्रियाकलापमा संलग्न छ ।कलाकारिताले कमाएको मानव स्रोतको थोपा–थोपा सहयोगलाई संयोजन गरेर इमान्दारीताका साथ उनका काम पुरा भइरहेका छन् । जीवन चलेकै थियो । राम्रो चलेको थियो । देश–विदेश घुम्न समस्या थिएन । तर मन त्यसबेला कुँडियो जब महाभूकम्पमा देशको चित्र अमेरिकाका टेलिभिजनका पर्दा र पत्रपत्रिकाका तस्बिर उनले देखे । भूकम्पको प्रभावमा पारिवारिक पीडाका एक भागीदार नै हुन् उनी । सहयात्री कुञ्जना घिमिरे उर्फ सुन्तलीकी आमा त्यसबेला घाइते भइन् । यसले सामाजिक उत्तरदायित्व बढि नै बोध गरायो उनीहरूलाई ।
धुर्मुसँग आफुले भोगेका दुखका स्मृति छन् । ३४ वर्षको ठिटोसँग स्कुल पढ्दा पुस्तक किन्ने अभावलाई झेलेका छन् । कापी कलमको जोहो गर्नका लागि उनी कहिले हलो जोत्थे त कहिले अरूको चित्र बनाउथे विस्मृति छन् । खेतबारीको काम, घाँस दाउरा र घरायसी काम गर्दै अध्ययनलाई अघि बढाएको बाध्यताको अनुभव छ । बुवाले ऋण गरेर जुटाएको १७ सय रूपैँया गोजीमा राखेर काठमाडौं छिरेको त्यो कहालीलाग्दो विगत छ । मिहेनतले बनेको वर्तमानसँग उनको गुनासो छैन । भविष्यसँग रोस नराख्ने चाहना छ र समाजसेवामा सक्रिय छन् ।कतिपय परियोजनामा सरकारले सफलता पाउन नसकिरहेका बेला धुर्मुस अठोटको लगावका कारण सफल हुँदै गइरहेका छन् । जे काम थाल्छन्, सबै छाडेर आफू पनि त्यसैमा सरिक हुन्छन् । नागरिकले खाने प्याज च्युरा खाएरै काम गरेका दृष्टान्त पर्याप्त छन् । झन्झटिलो सरकारी काम भन्दा उनको आत्मविश्वाससँग जनताको विश्वास अडिलो बनको छ । यसकारण सफल बन्दैछन्, उनी । यहि हो सिताराम कट्टेल धुर्मुसको परिचय । कट्टेलले श्रीमती कुन्जना घिमिरेको आज जन्म दिन परेको छ । कुन्जनालाई शुभकामना दिदै भनेका छन्, ‘तिमी छौ र त पुर्णिमाको जुन झैं पुर्ण र झलमल छु।’ उनले अघि लेखेका छन्, मेरो यो जीवनमा ज्योति छर्ने प्रिय जीवन संगीनि जन्मेको दिन मेरो लागि झन् बढी खास छ ! भन्दै जन्म दिनको शुभकामना दिएका छन् । पुरा पढ्नुहोस धुर्मुसले श्रीमती सुन्तलीलाई दिएको शुभकामना यस्तो छ ।
यस्ता छन् धुर्मुसको फेसबुकमा लेखेको शब्द : कटाएउ डाँडा, हटाएउ बाधा, बनाएउ पूरा, मात्रै थिएँ म त आधा ! मायाका अनेक मौसमहरुमा, रमाउँछ मन तिमीसंगै ज्यादा !! तिमी छौ र त पुर्णिमाको जुन झैं पुर्ण र झलमल छु। मेरो यो जीवनमा ज्योति छर्ने प्रिय जीवन संगीनि जन्मेको दिन मेरो लागि झन् बढी खास छ ! सु-स्वास्थ र दिर्घायु, दैवसंग मात्र यत्ति आस छ । Happy Birthday Kunjana ??????love u dear !!!

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :