श्रीलंका विस्फोटमा मृत्यु हुनेको संख्यामा एक सयले कमी
बीबीसी। श्रीकंकाको सरकारले गत आइतबार भएका श्रृंखलाबद्ध बम विस्टोफमा मृत्यु हुनेको संख्यामा संधोन गर्दै मृतकको संख्या एक सय घटाएको छ। श्रीलंकाका स्वास्थ्य मन्त्रालयका अनुसार बम विस्फोटमा मृत्यु हुनेको संख्या करिव २५३ रहेको छ। मन्त्रालयले यसअघि मृतकको संख्या गणनामा गल्ती भएको जनाएको छ।
श्रीलंकाको राजधानी कोलम्बो र पूर्वी शहर बट्टीकालोआमा आत्मघाती आक्रमणकारीले होटल तथा चर्चलाई निकासा बनाएका थिए। उक्त विस्फोटमा सयौं घाइते भएका थिए।उक्त आक्रमणमा मृत्यु हने मध्ये धेरैजसो श्रीलंकन नागरिक थिए। यद्यपी कयौं विदेशी नागरिकको पनि मृत्यु भएको थियो। श्रीलंकामा नौ वटा विस्फोटका घटना भएका थिए। प्रहरीले केही संदिग्धलाई पक्राउ गरेको छ।
प्रहरीले घटनामा संलग्न भएको भन्दै नौ जनाको तस्वीर सार्वजनिक गरेको छ भने कयौं स्थानमा छापा पनि मारेको छ। नौ मध्ये आठ जना श्रीलंकन नागरिक भएको बीबीसीले जनाएको छ। उक्त घटनामा इस्लामिक स्टेटेको संलग्नता भए नभएको विषयमा सरकारले छानविन गरिरहेको छ। एक आक्रमणकारी श्रीलंका फर्किनु भन्दा पहिला बेलायत र अष्ट्रेलियामा अध्ययन गरेका थिए।
यसैबीच श्रीलंकाको राजधानी कोलम्बोमा इस्टरको समयमा आएको आत्मघाती बम आक्रमणपछि रक्षा सचिव हेमसिरी फर्नांडोले आफ्नो पदबाट राजीनामा दिएका छन्। श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरीसेनाले गुप्तचर निकायले आक्रमण हुन सक्ने जानकारी दिएपनि आक्रमण रोक्न असफल भएको भन्दै सचिव हेमसिरी फर्नांडोको राजीनामा माग गरेका थिए। त्यसपछि सचिव हेमसिरीले बिहीबार राजीनामा दिएका हुन्।
April 26, 2019 12:29 pm | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग