मनसुन सक्रिय हुँदै, देशभर वर्षा हुने
काठमाडौँ। मनसुन सक्रिय भएसँगै आगामी तीन दिनसम्म देशका पूर्व र पश्चिमका धेरै जसो स्थानमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।तीन दिनको मौसम पूर्वानुमानको अवस्थाबारे महाशाखाले विज्ञप्ति निकालेर आजदेखि तीन दिनसम्म पूर्व र पश्चिमका धेरै स्थानमा हल्कादेखि मध्यम र एक दुई स्थानमा भारी वर्षा हुने सम्भावना औंल्याएको हो। मध्य र आसपासका केही स्थानमा भने हल्कादेखि मध्यम खालको वर्षा हुने सम्भावना रहेको छ।
मनसुनी न्यूनचापीय रेखा विस्तारै नेपाल नजिक आएकाले देशैभर वर्षा भएको मौसमविद् शान्ति कँडेलले जानकारी दिए।
उनका अनुसार अझै एक÷दुई दिन पूर्व र पश्चिमका धेरै स्थानमा हल्कादेखि मध्यम खालको र केही खास (पकेट) क्षेत्रमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा विशेष सतर्कता अपनाउनुपर्ने देखिएको छ। मनसुनी रेखा नेपालको नजिक (पूर्वी आकास हुँदै पश्चिमतर्फ फैलिएको अवस्थामा) रहेको र यो तल भरेपछि भारतका विभिन्न क्षेत्रमा बढी वर्षा हुने मौसमविद् कँडेलको भनाइ छ।
यस वर्षको मनसुन यही असार १४ गतेदेखि देशैभरि फैलिएको महाशाखाले जनाएको थियो। गत जेठ २५ (जुन ८) देखि पूर्वी भेगबाट नेपालमा मनसुन प्रवेश भएको महाशाखाले घोषणा गरेको थियो। मनसुन घोषणा भएको लामो समय वितिसक्दा पनि पूर्ण रूपमा सक्रिय हुन नसक्दा पर्याप्त वर्षा हुनसकेको थिएन। मनसुनी वर्षाको गतिविधि बढेकाले दुई दिनयता काठमाडौँ उपत्यकासहित देशका अधिकांश भेगमा बदली र केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँमा चार मिलिमिटर वर्षा भएको छ। सबैभन्दा बढी ओखलढुंगामा २४ मिलिमिटर वर्षा भएको छ। ताप्लेजुङमा आठ, जुम्लामा आठ र वीरेन्द्रनगरमा तीन मिलिमिटर वर्षा भएको छ।बदली र वर्षाले उपत्यकाको तापक्रम दुई दिनको तुलनामा तीन डिग्री घटेर आज अधितकतम तापक्रम २७ मा झरेको छ भने न्यूनतम तापक्रम १९ डिग्री सेल्सियस रहेको छ। यसअघि तीन दिनसम्म उपत्यकाको ३० देखि ३१ डिग्रीको हाराहारीमा अधिततम तापक्रम पुगेको थियो।
June 30, 2018 1:35 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना