विश्व सुन्दरी नायिकाहरुले पनि भोग्नु पर्यो यस्तो दुब्र्यबहार !
हलिउडमा मात्र नभएर बलिउडमा पनि नायिकाहरु रंगभेदको सिकार हुनु पर्यो । बलिउडमा अधिकांश सेलिब्रेटी सुटिङ तथा छुट्टी मनाउनका लागि विदेश जाने गर्दछन् । सो क्रममा कतिपय बलिउड सेलिब्रेटीले रंगभेद खेप्नु परेको छ । भारतीय अनलाइनले रंगभेदमा परेका केही चर्चित बलिउड कलाकारबारे रिपोर्ट तयार पारेको छ ।
प्रियंका चोपडा : रंगभेदको सिकार हुनेमा सबैभन्दा अगाडि पर्छिन्, प्रियंका चोपडा । प्रियंकाले भनेकी थिइन् कि अमेरिकामा अध्ययनका क्रममा उनलाई क्लासमेटले ‘ब्राउनी’ भनेर बोलाउँथे । उनीहरूले ब्राउनी भन्नुको कारण उनको छालाको रङ सेतो नहुनु थियो ।
सोनम कपुर : रंगभेदको सिकार हुने सूचीमा सोनम कपुर पनि पर्छिन् । सोनमले आफैँ यस कुराको खुलासा गरेकी थिइन् । विदेशका केही कार्यक्रममा सहभागी हुन जाँदा आफूलाई ‘ब्राउनी’ भनेर सम्बोधन गरिएको स्मरण उनको छ । गोरी नभएकाले उनलाई त्यसो भनिएको बताइन्छ ।
शिल्पा सेट्टी : सन् २००७ मा रियालिटी सो ‘बिग ब्रदर–५’ का क्रममा शिल्पालाई अर्का प्रतिस्पर्धी जेड गुडीले तल्लो स्तरको नश्लीय टिप्पणी गरेका थिए । जब यो कुरा बाहिर आयो, तब संसारभर गुडीको आलोचना भएको थियो । पूरा विश्व शिल्पाको पक्षमा रह्यो । बिग ब्रदर शिल्पाले जितेकी थिइन् ।
June 30, 2018 1:48 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी