Monday 22nd December 2025

विश्व सुन्दरी नायिकाहरुले पनि भोग्नु पर्यो यस्तो दुब्र्यबहार !

7 years अगाडी

हलिउडमा मात्र नभएर बलिउडमा पनि नायिकाहरु रंगभेदको सिकार हुनु पर्यो । बलिउडमा अधिकांश सेलिब्रेटी सुटिङ तथा छुट्टी मनाउनका लागि विदेश जाने गर्दछन् । सो क्रममा कतिपय बलिउड सेलिब्रेटीले रंगभेद खेप्नु परेको छ । भारतीय अनलाइनले रंगभेदमा परेका केही चर्चित बलिउड कलाकारबारे रिपोर्ट तयार पारेको छ ।

प्रियंका चोपडा : रंगभेदको सिकार हुनेमा सबैभन्दा अगाडि पर्छिन्, प्रियंका चोपडा । प्रियंकाले भनेकी थिइन् कि अमेरिकामा अध्ययनका क्रममा उनलाई क्लासमेटले ‘ब्राउनी’ भनेर बोलाउँथे । उनीहरूले ब्राउनी भन्नुको कारण उनको छालाको रङ सेतो नहुनु थियो ।

सोनम कपुर : रंगभेदको सिकार हुने सूचीमा सोनम कपुर पनि पर्छिन् । सोनमले आफैँ यस कुराको खुलासा गरेकी थिइन् । विदेशका केही कार्यक्रममा सहभागी हुन जाँदा आफूलाई ‘ब्राउनी’ भनेर सम्बोधन गरिएको स्मरण उनको छ । गोरी नभएकाले उनलाई त्यसो भनिएको बताइन्छ ।

शिल्पा सेट्टी : सन् २००७ मा रियालिटी सो ‘बिग ब्रदर–५’ का क्रममा शिल्पालाई अर्का प्रतिस्पर्धी जेड गुडीले तल्लो स्तरको नश्लीय टिप्पणी गरेका थिए । जब यो कुरा बाहिर आयो, तब संसारभर गुडीको आलोचना भएको थियो । पूरा विश्व शिल्पाको पक्षमा रह्यो । बिग ब्रदर शिल्पाले जितेकी थिइन् ।

          June 30, 2018 1:48 pm | चलचित्र


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...