थाइल्याण्डका राजाले गरे आफ्नै अंगरक्षकसँग विवाह ( फोटो फिचर सहित)
थाइल्याण्डका राजा महा वजिरालंगकर्नले बुधबार विवाह गरेका छन् । राजा वजिरालंगकर्णले उनकै सुरक्षामा खटिएकी एक महिलासँग विवाह गरेका हुन् । विवाहपछि उनलाई रानी सुथिडा नाम दिइएको छ ।
शनिबार राजा महा वजिरालंगकर्णको राज्याभिषेक हुँदैछ । यही समारोहलाई लिएर राजाले विवाह गरेको विश्वास गरिएको छ । बुधबार भएको विवाह समारोहबाट सबैजना अचम्ममा परेका छन् । विवाह समारोहको दृश्य थाई टेलिभिजनबाट बुधबार बेलुकामात्रै देखाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

६६ वर्षीय राजा वजिरालंगकर्न थाइल्याण्डमा लोकप्रिय मानिदै आएका छन् । सन् २०१६ मा उनका पिता राजा भूमिवोल अदुल्यादेजको निधनपछि उनी राजा भएका हुन् ।
सन् २०१४ मा राजा वजिरालंगकर्नको अंगरक्षकको टिममा समावेश भएकी थिइन् । सुथिडा थाई एअरलाइनको पूर्व–फ्लाइट एटेन्डेन्ट हुन् । राजा वजिरालंगकर्नको यसअघि तीनजनासँग विवाह भएको थियो । तीनै जनासँग सम्बन्ध बिच्छेद पनि भैसकेको छ ।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग