सुपर ओभरमा सनराइजर्सलाई हराउँदै मुम्बई इण्डियन्स आईपीएलकाे प्लेअफमा
मुम्बई इण्डियन्स इण्डियन प्रिमियर लिग (आईपीएल)को प्लेअफमा स्थान बनाउन सफल भएको छ । बिहीबार राति भएकाे खेलमा सनराइजर्स हैदराबादलाई सुपर ओभरमा पराजित गर्दै मुम्बई प्लेअफमा पुग्न सफल भयो ।एक ओभर इलिमिनेटरमा मुम्बईका जस्प्रित बम्राहले दुई विकेट लिएपछि हैदराबादले पूरा ६ बल पनि खेल्न सकेन । उसले जम्मा ८ रन बनायो । जुन लक्ष्यलाई मुम्बईले तीन बलमै पूरा गर्यो ।

टस जितेर ब्याटिङ रोजेको मुम्बईले २० ओभरमा ५ विकेट गुमाउँदै १६२ रन बनाएको थियो । मुम्बईका लागि क्विन्टन डिककले अविजित ६९ रनको योगदान दिए । रोहित शर्माले २४ रन नाउँदा शार्दुल यादवले २३ र हार्दिक पाण्ड्याले १८ रन बनाए बलिङतर्फ हैदराबादका खालिल अहमदले तीन विकेट लिए ।

जितका लागि १६३ रनको लक्ष्य लिएको हैदराबाद पनि २० ओभरमा ६ विकेट गुमाउँदा १६२ रनमा नै सीमित बन्यो । मनिष पाण्डेले अविजित ७१ रन बनाए भने मोहम्मद नाबीले ३१ रन जोडे । यस्तै ऋद्धिमान शाहाले पनि २५ रनको योगदान दिए । बलिङतर्फ बुम्राह, क्रुनाल पाण्ड्या र हार्दिक पाण्ड्याले २–२ विकेट बाँडे ।
May 3, 2019 11:12 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी