Friday 3rd April 2026

चितवनमा श्रीमतीले गरिन् श्रीमान्को विभत्स हत्या, पिर्कै पिर्काले ताकेर हान्दा हान्दा श्रीमानले प्राण त्यागे

8 years अगाडी

चितवन- माडीमा श्रीमतीले पिर्काले हानेर श्रीमानको हत्या गरेकी छिन् । माडी नगरपालिका–३ सिमरामा खाना खाने समयमा ४८ वर्षीया कुलमति महतोले पिर्काले हान्दा ५५ वर्षीय श्रीमान गंगाराम महतोको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय, चितवनका प्रहरी नायव उपरीक्षक शिव शर्मा आचार्यका अनुसार खाना खाने समयमा सामान्य विवादपछि श्रीमतीले आफू बसेको पिर्काले हानेर श्रीमानको हत्या गरेकी थिइन् । श्रीमानको हत्यापछि कुलमतिलाई इलाका प्रहरी कार्यालय माडीले नियन्त्रणमा लिएको छ ।

          July 1, 2018 10:46 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...