तस्बिरमा हेर्नुहाेस् कतारकाे पहिलाे मेट्रो रेल !
सन् २०२२ मा कतारले विश्वकप फुटबलको आयोजना गर्दैछ । यही विश्वकपलाई ध्यानमा राख्दै कतारले बुधबारबाट राजधानी दोहामा पहिलो पटक मेट्रो रेल सेवा सञ्चालनमा ल्याएको छ ।

दोहामा बसोबास गर्ने मानिसहरुले पहिलो पटक भूमिगत परिवहन प्रणालीको आनन्द लिएका छन् । दाेहा मेट्राेकाे निकै लामो समयदेखि प्रतिक्षा थियो ।

दोहा मेट्रो लाइनका केही भाग प्रयाेगमा आइसकेका छन्, जसमा १३ वटा स्टेशन खुलेका छन् । अल–कसारबाट सुरु भएको मेट्रो सेवा दोहाको व्यापारिक जिल्ला हुँदै दक्षिण अल–बखर शहरसम्म पुग्नेछ । आइतबारदेखि बिहीबारसम्म सञ्चालन हुने मेट्रो सेवा बिहान आठ बजेदेखि रातिको ११ बजेसम्म चल्छ ।

सन् २०२२ को जुन/जुलाईसम्म पूर्णरुपमा सञ्चालनमा आउने मेट्रोकाे पूरा लम्बाइ तीन सय किलोमिटर हुनेछ । सन् २०१३ बाट निर्माण कार्य थालिएको मेट्रो सेवाको लागत झण्डै ३६ अर्ब अमेरिकी डलर रहेको छ ।

प्रत्येक छ/छ मिनेटमा स्टेशनमा मेट्रो आउँछ ।



प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव