रौतहटमा घर भत्किँदा ४ महिने बालकको मृत्यु, बुवा आमा घाइते
7 years अगाडी
Susma Dhakal
धनुषा – रौतहटमा घर भत्किँदा ४ महिने बालकको ज्यान गएको छ भने बालकको बुवा आमा घाइते भएका छन् । राजपुर नगरपालिका–८ बलुवागोठका रामलोचन रामको माटो र इँट्टाको गारोबाट बनेको १ तल्ले फुसको छानो भएको घर बिहीबार भत्किएको हो । घर भत्किँदा परिएर रामलोचनका ४ महिने छोरा सन्तलाल रामको ज्यान गएको छ । रामलोचन र उहाँकी श्रीमती मरछियादेवी घाइते हुनुभएको प्रहरीले जनाएको छ ।
बिहीबार राति झण्डै ११ बजेर २० मिनेटमा घर भत्किँदा पुरिएर घाइते भएका तीनैजनाको इलाका प्रहरी कार्यालय राजपुरले स्थानीयको सहयोगमा उद्दार गरी उपचारको लागि गौर अस्पताल पठाएको थियो ।उपचारको क्रममा ४ महिने बालकको ज्यान गएको र बालकको बुवाआमाको उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
May 10, 2019 11:43 am | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
Loading...