Friday 3rd April 2026

एकाबिहानै डरलाग्दो बस दुर्घटना, हेर्नुहोस् क्षतीको विवरण

8 years अगाडी

चितवनमा भएको सवारी दुर्घटनामा १५ जना यात्रु घाइते भएका छन् । पूर्व पश्चिम लोकमार्गको चितवनको खैरहनी नगरपालिका–१ मा आज बिहान भएको सवारी दुर्घटनामा १५ जना घाइते भएका हुन् ।

ना ७ ख ५११८ नम्बरको बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । प्रहरीका अनुसार बिहान ६ बजेर ४५ मिनेट जाँदा सडक छेउमा बस पल्टिएको हो ।

बस भैरहवाबाट भरतपुर हुँदै वीरगञ्जतर्फ जाँदै गरेको थियो । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ । दुर्घटनापछि घाइतेमध्ये सात जनाको पुरानो मेडिकल कलेज र अन्यको चितवनकै विभिन्न अस्पतालमा उपचार भईरहेको प्रहरीको भनाइ छ ।

          July 1, 2018 11:53 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...