डोल्पामा पहिरोका कारण तीन सातादेखि भित्ती-मोतीपुर सडक अवरुद्ध
डोल्पा । भित्ती-मोतीपुर सडकखण्ड अवरुद्ध भएकाका कारण डोल्पाका बासिन्दा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्।वर्षात्का कारण ठूलीभेरी नगरपालिकाअन्तर्गत बागडाँडामा पर्ने १० मिटर सडक पहिरोले पुरेको झण्डै तीनसाता बितिसक्दा पनि उक्त सडकखण्ड नखुल्दा खसिरहेको पहिरो मुनिको सानो बाटोबाट सर्वसाधारण जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका हुन्।
सुँपानीदेखि दुनैसम्म यातायात सञ्चालन गर्ने मुख्य सडक नै अवरुद्ध भएपछि सर्वसाधारण भित्ती-जुफालसम्मको जोखिमपूर्ण सडकबाट गाडीको यात्रा गर्न बाध्य भएको मोतीपुरका अमर कठायतको गुनासो छ।
उक्त सडकबाट सवारी साधन सञ्चालन सहज र सुरक्षित भएपनि सडक अवरुद्ध भएका कारण भित्तीबाट जुफाल हुँदै पुनः मोतीपुर पुग्न बढी समय लाग्ने र साँघुरो बाटोका कारण जोखिमपूर्ण यात्रा गर्नूपर्ने बाध्यता भएको गाडी चालक सुशील कठायतको भनाइ छ।
अवरुद्ध सडकका कारण डोल्पामा दैनिक उपभोग्य सामग्री ओसारपसार गर्दै आएका घोडा तथा खच्चडको आवतजावतमा पनि समस्या भएको छ। झण्डै तीनसातादेखि अवरुद्ध सडक खुलाउन उक्त नगरपालिकाको ध्यान जान नसकेको सर्वसाधारण बताउँछन्।
July 1, 2018 12:40 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना