कस्तो अचम्म : एउटा सानो निहुमा आमासँग मिलेर छोरीहरुले गरे बाबुको हत्या
सब इन्सपेक्टर मेहरबान अली जोकि एक भारतीय प्रहरी अधिकारी थिए,उनको हत्याको आरोपमा उनकी पत्नीसहित चार जना छोरीहरु पक्राउ परेका छन् ।
जिन्स पाइन्ट लगाउन नदिएको निहुँमा उनीहरुले भाडाका अपराधीहरुलाई हत्या गर्ने जिम्मा दिएका थिए भनेर जानकारी गराइएको छ ।सब इन्सपेक्टर मेहरबान अलीको शव भारतको उत्तर प्रदेशमा नालीमा आइतबार फेला परेको थियो ।जुन स्थान अलीको घरबाट मात्र २५० मिटर टाढा रहेको थियो ।

हत्याका लागि ‘कन्ट्रयाक्ट किलर’ लाई प्रयोग गरेको स्वीकार गरेपछि प्रहरीले ५२ वर्षीया जाहिदा बेगमसहित छोरीहरु साबा (२६), जिनत (२२), इराम (१९) र आलिया (१८) लाई शाहाजाहँपुरमा रहेको उनीहरुको घरबाट पक्राउ गरेको छ ।सिसिटिभीको फुटेज हेरेपछि यो हत्या प्रकरण पर्दाफास भएको प्रहरीले जनाएको छ ।सादर बजार प्रहरी थानाका इन्सपेक्टर दया चन्द शर्माका अनुसार आमा र छोरीहरु अलीको कडा नियम र पाबन्दीका कारण रुष्ट थिए । अलीले उनीहरुलाई जिन्स पाइन्टसम्म लगाउन दिँदैन थिए ।

‘घरबाट मात्र २५० मिटर टाढा शव भेटिएपछि हाम्रो पहिलो शंका परिवारकै सदस्यमा थियो,’ शर्माले भने, ‘हामीले परिवारका सदस्यहरुको कल रेकर्डहरु चेक गर्दा जाहिदाले नियमित रुपमा एउटा नम्बरमा कल गरेको पायौँ ।’प्रहरीको अनुसन्धान अनुसार शनिबार बिहान १० बजे ड्युटी सकेर अली १० बजेर ४५ मिनेट जाँदा घर पुगेका थिए ।‘भाडाका हत्याराहरु तासिन र इशान त्यसपछि घरमा प्रवेश गरेको र १ बजेतिर हत्या भएको पाइएको छ,’ उनले भने, ‘त्यही साँझ उनीहरु फेरि फर्किए र परिवारको मद्दतमा शवलाई मोटरसाइकलमा लगेर नालामा फालिदिए ।’‘शव बरामद भएपछि हामीले त्यसक्षेत्रको सिसिटिभी क्यामेराहरु जाँच गर्यौँ जहाँबाट यो मुद्दा समाधान गर्न मद्दत मिल्यो,’ उनले भने ।
करिब डेढ लाख रुपैयाँमा उनीहरुले अपराधीहरुलाई भाडामा लिएका थिए । जसमध्ये आधा रकम घरमा राखिएको अलीको तलबबाट र बाँकी काम भएपछि दिने उनीहरुबीच सम्झौता भएको थियो ।प्रहरीका अनुसार जाहिदाले अलीको हत्या पछि पाउने क्षतिपूर्ती र पेन्शनबापतको रकम आशा गरेकी थिइन् ।
यता, बाबुको कडा नियमबाट आजित भएका छोरीहरुले पनि आमाको साथ दिएका थिए । उनीहरुमध्ये एकले बाबुको स्थानमा जागिर पाउने आशा पनि गरेका थिए ।‘बाबुको निधनपछि जेठी छोरीले प्रहरीमा जागिर पाउने थिइन् भने आमाले क्षतिपूर्ती र पेनशन रकम पाउने थिए,’ शर्माले भने ।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना