प्रेमीद्वारा प्रेमीकाको घाँटी रेटी हत्या
पाँचथर ,पाँचथरको हिलिहाङ गाउँपालिका ४, पञ्चमीमा प्रेमीले घाँटी रेटेर प्रेमीकाको हत्या गरेका छन् । आइतबार साँझ हत्या गरिएकी शीतल योङहाङको हत्या उनकै प्रेमीले गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।हत्या गरेको आरोपमा पक्राउ परेका भगिरथ बाँस्तोलाले उनको प्रेमीसहित मिलेर शीतलको हत्या गरेको बताएको प्रहरीले जनाएको छ । फाल्गुनन्द गाँउपालिका २ पात्लेभञ्ज्याङका २० वर्षीय बाँस्तोलालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनीलाई प्रहरीले फिदिम नगरपालिका २ को पल्लोटारबाट पक्राउ गरेको हो
दुई जना मिलेर शीतलको हत्या गरेको, हत्यामा संलग्न एकजना पक्राउ परेको र घटनामा संलग्न अर्का एकजना फरार रहेको पाँचथरका प्रहरी निरीक्षक अनिलकुमार पौडेलले जानकारी दिए । शीतलका प्रेमी भनिएका अन्दाजी २० वर्षीय पदम तामाङ फरार रहेकोले उनको खोजी कार्य भइरहेको छ । तामाङकै योजनामा शीतलको हत्या गरिएको पक्राउ परेका बाँस्तोलाले प्रहरीसमक्ष बयान दिएका छन् ।
तामाङ र शीतलबीच विगत एक वर्षदेखि प्रेम सम्बन्ध रहेको र एक महिना यता प्रेम सम्बन्धमा खटपट आएपछि हत्या गरिएको हुन सक्ने प्रहरीको भनाई छ ।बाँस्तोलाले बयानमा तामाङ र शीतलबीचको प्रेम सम्बन्धमा खटपट भएपछि शितलको हत्या गर्न तामाङको साथ लागेर आफू पनि गएको बताए । गत वैशाख २४ गते घरबाट हत्या गर्न सितलको गाउँ पञ्चमी पुगेका उनीहरुले आइतबार साँझ शीतलको हत्या गरेर सडक छेउमा फालेका थिए ।
आइतबार बिहान १० बजे तामाङ र बाँस्तोलाले शीतललाई भेटेको र उनलाई बेलुका आफूहरुलाई भेट्न आग्रह गरेका थिए । विद्यालयबाट घर फर्किएपछि शीतल उनीहरुलाई भेट्न घर नजिकैको घरमा गएकी थिइन् । त्यस ठाँउमा शीतल आएपछि तामाङले शीतललाई शारीरिक सम्पर्क गर्न खोज्दा नमानेपछि पक्रेर घाँटी रेटेर मारेको बाँस्तोलाले प्रहरीमा बयान दिएका छन् । बयानका क्रममा बाँस्तोलाले आफूले शीतललाई समातेको र तामाङले शीतलको घाँटी रेटेर हत्या गरेको बताएका छन् ।
May 14, 2019 1:00 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप