इरानसँग युद्ध चाहेका छैनौं : अमेरिकी विदेशमन्त्री
काठमाडौं, १ जेठ । अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले आफुहरुले इरानसँग युद्ध नचाहेको बताएका छन् ।दुई देशबीच तनाव चुलिई रहेको बेला विदेशमन्त्री पोम्पियोले अमेरिकाले इरानसँग युद्ध नचाहेको बताएका हुन् । रुसको सोची शहरमा रुसी विदेशमन्त्री सर्गेई लावरोफसँग वार्ता गरिरहेका विदेशमन्त्री पोम्पिायोले अमेरिकारले मौलिक रुपमा युद्ध नचाहेको बताए
उनले इरानले एक सामान्य मुलुकसरह व्यवहार गरोस भन्ने अमेरिकाले अपेक्षा राखेको स्पष्ट पारे । अमेरिकाको हितमा हमला भए जवाफ दिने विदेशमन्त्री पोम्पियोको चेतावनी थियो यसैबीच इरानका सर्वोच्च नेता आयातुल्लाह खामनेईले पनि अमेरिकासँग युद्ध नहुने बताएका छन् ।
उनले परमाणु सम्झौताको विषयलाई लिएर अमेरिकासँग वार्ता नहुने पनि स्पस्ट पारे । गत हप्ता अमेरिकारले मध्यपूर्वमा जंगी जहाज र विमानवाहक युद्धपोत तैनाथ गरेको थियो । वार्ताका क्रममा अमेरिकी विदेशमन्त्रीले रुसी समकक्षीलाई भेनेजुयलाका राष्ट्रपति निकोलास मादुरालाई समर्थन नगर्न आग्रह गरेका छन् ।
जवाफमा रुसी विदेशमन्त्री लावरोफले मादुरोलाई लिएर अमेरिकारले दिने धम्की गैर–लोकतान्त्रिक भएको टिप्पणी गरेका थिए । अमेरिकी विदेशमन्त्रीले रुसले सन् २०२० मा हुने अमेरिकी राष्ट्रपतिको निर्वाचनमा दख्खल नदिन चेतावनी दिएका थिए । (एजेन्सी)
May 15, 2019 10:20 am | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार