Monday 25th November 2024

सूचना प्रविधिको खतरालाई ध्यानमा राख्दै अमेरिकामा राष्ट्रिय आपतकालको घोषणा

6 years अगाडी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको कम्प्युटर नेटवर्कलाई ‘विदेशी विरोधी’ बाट जोगाउन राष्ट्रिय आपतकालको घोषणा गरेका छन् । राष्ट्रिय सुरक्षाको खतरालाई ध्यानमा राख्दै ट्रम्पले एक कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन्, जुन आदेशमा अमेरिकी कम्पनीहरुलाई विदेशी दूरसञ्चार सेवाको उपयोग गर्न प्रतिबन्ध लगाइएको छ । आदेशमा कुनै पनि कम्पनीको नाम उल्लेख नगरिएको भए पनि यो आदेशले चीनको बहुराष्ट्रिय दूरसञ्चार उपकरण र उपभोक्ता इलेक्ट्रोनिक्स निर्माता कम्पनी हुवावेलाई लक्षित गरेको बताइएको छ ।

यद्दपी हुवावेले भने अमेरिकामा आफ्नो व्यापार बन्द गर्दा अमेरिकी उपभोक्ता र कम्पनीलाई आघात पुग्ने बताएको छ । अमेरिकाको नेतृत्वमा अन्य धेरै देशहरुले पछिल्लो केही महिनादेखि हुवावेको उत्पादन चीनले निगरानीको लागि प्रयोग गरिरहेको आरोप लगाउँदै आएका छन् । अमेरिकाले आफ्ना सङ्घीय निकायहरूलाई हुवावेको उत्पादन प्रयोग गर्नबाट बर्जित गरेको छ। अमेरिकाले आफ्ना सहयोगीमाथि पनि हुवावेको ‘फाइभ जी’ नेटवर्कको सेवाबाट टाढा बस्न दबाब दिँदै आइरहेको छ ।

          May 16, 2019 10:39 am | प्रवास


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...